Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम सरकार, चैतमा ‘प्रि–समिट’

लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम सरकार, चैतमा ‘प्रि–समिट’

 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनअघि प्रि–समिट गर्ने भएको छ । ०८२ असोजमा लगानी सम्मेलन गर्ने तयारी थालेको प्रदेश सरकारले ०८१ चैतमा प्रि–समिट गर्ने भएको हो । २७ गते प्रि–समिट गर्नका लागि तयारी थालिएको बताइएको छ । 

सोही तयारीका विषयमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीसंग छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारीअनुसार लगानी सम्मेलन र फागुन २२ र २३ गते हुने प्रदेशसभा सदस्यहरुको अन्तरक्रिया कार्यक्रमका विषयमा छलफल गरिएको छ । 

यस्तै मंगलबार सत्ता गठबन्धनको पनि बैठक बसेको छ । मुख्यमन्त्री शाहले आह्वान गरेको बैठकमा सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१ का विषयमा छलफल भएको छ ।

विधेयकमा केही हेरफेर गर्ने सहमति भएको पनि बताइको छ । विधेयकमा स्थानीय तहमा अस्थायी वा करारको रुपमा कार्यरत कर्मचारीलाई मात्रै फाइदा पुग्ने गरी आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने उल्लेख भएकोले त्यो व्यवस्थालाई संशोधन गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

बैठकमा मुख्यमन्त्री शाहसंगै विधायन तथा प्रदेश मामिला समिति सभापति दिवानसिंह विष्ट, प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहरासहित सत्ता गठबन्धनका नेता तथा प्रमुख सचेतकहरू सहभागी थिए । 

प्रतिक्रिया