Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम सरकार, चैतमा ‘प्रि–समिट’

लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम सरकार, चैतमा ‘प्रि–समिट’

 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनअघि प्रि–समिट गर्ने भएको छ । ०८२ असोजमा लगानी सम्मेलन गर्ने तयारी थालेको प्रदेश सरकारले ०८१ चैतमा प्रि–समिट गर्ने भएको हो । २७ गते प्रि–समिट गर्नका लागि तयारी थालिएको बताइएको छ । 

सोही तयारीका विषयमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीसंग छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारीअनुसार लगानी सम्मेलन र फागुन २२ र २३ गते हुने प्रदेशसभा सदस्यहरुको अन्तरक्रिया कार्यक्रमका विषयमा छलफल गरिएको छ । 

यस्तै मंगलबार सत्ता गठबन्धनको पनि बैठक बसेको छ । मुख्यमन्त्री शाहले आह्वान गरेको बैठकमा सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१ का विषयमा छलफल भएको छ ।

विधेयकमा केही हेरफेर गर्ने सहमति भएको पनि बताइको छ । विधेयकमा स्थानीय तहमा अस्थायी वा करारको रुपमा कार्यरत कर्मचारीलाई मात्रै फाइदा पुग्ने गरी आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने उल्लेख भएकोले त्यो व्यवस्थालाई संशोधन गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

बैठकमा मुख्यमन्त्री शाहसंगै विधायन तथा प्रदेश मामिला समिति सभापति दिवानसिंह विष्ट, प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहरासहित सत्ता गठबन्धनका नेता तथा प्रमुख सचेतकहरू सहभागी थिए । 

प्रतिक्रिया