Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

कञ्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेसका नेता बोहरा पक्राउ

कञ्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेसका नेता बोहरा पक्राउ

धनगढी । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका एक नेतालाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए ।

उनकाअनुुसार बोहरालाई काठमाडौँबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य समेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको अभियोग छ ।

एसपी जोशीले बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको बताए । तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शिर्षकमा मुद्दा दर्ता भएकोमा चक्र बोहरा पक्राउ परेका थिए ।

तर खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरिएको थियो । बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले मंगलबार नै अन्य फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ बस्ने भानुु डगौरा र कृष्णपुर नगरपालिका–१ का ईश्वर रावल रहेको एसपी जोशीले बताए ।

उनीहरु मध्ये डगौरालाई ज्यान सम्बन्धी मुद्दामा १७ भदौ २०८१ मा जिल्ला अदालतले ६ महिना कैद र १५ हजार रुपैयाँ जपरिवाना सुनाएको थियो भने रावललाई मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका फरार प्रतिवादीलाई जिल्ला अदालतमा बुुझाइनेछ । कञ्चनपुर प्रहरीले पछिल्लो एक महिनामा मात्र एक सय १८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया