Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १० असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरमा निर्माण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु

साँफेबगरमा निर्माण  व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु

नेपाल निर्माण व्यवसायी संघ अछामको आयोजनामा शनिबार देखि साँफेबगरमा निर्माण  व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । तालिममा ४० जना निर्माण व्यवसायीहरूको सहभागि रहेको छ । 

अछाम जिल्ला साँफेबगर नगरपालिकामा अवस्थित होटल बुढिगंगाको  सभाहलमा कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नेपालमा निर्माण व्यवसायीले निर्माण कार्य सुरु गरेदेखि काम सम्पन्न नगरुन्जेलसम्म बिचको अवधिमा झेल्नुपर्ने समस्या र कानुनी अड्चनको बारेमा धारणा व्यक्त गरेका गर्नुभएको थियो ।

केहि निर्माण व्यवसायिले ईमान्दारी पुर्वक काम नगर्नाले, मजदुरको पैसा समयमै नदिनाले समग्र निर्माण व्यवसायि पेशामाथि नै प्रश्न उठ्ने गरेको नगर प्रमुख कुँवरले बताउनु भयो । नगर प्रमुख कुँवरले इजाजत पत्र लिदैमा ठेकेदार बन्न नसकिने र ठेक्का लिइदैमा निर्माण कार्य सम्पन्न गर्न नसक्ने बताउँदै निर्माण कार्य पुरा नगरी ठेक्का तोड्ने निर्माण व्यवसायीलाई ७ किसिमको सजायको व्यवस्था रहेको बताउनुभयो । 

दुई दिन संचालन हुने तालिमबाट जिल्लाका निर्माण व्यवसायीहरुले व्यवस्थापन सम्बन्धमा धेरै कुरा बुझ्ने मौका पाउने कार्यक्रमका विशिष्ट अतिथि एवम् अछाम जिल्ला समन्वय समिती सदस्य नरेन्द्र बहादुर कुँवरले बताउनु भयो  । जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुलाई धेरै कुरा सिक्ने मौका मिल्ने र महासंघबाट यस्ता अन्य थप कार्यक्रमहरु पनि आयोजना गरिनु पर्ने पनि कुँवरले बताउनु भयो ।

साँफेबगरमा अवस्थित होटेल बुढिगंगाको सभाहलमा सुरुभएको दुई दिने तालिममा नेपाल निर्माण व्यवसायी महासंघका निर्देशक एवम् तालिम व्यवस्थापक निर्मल अर्याल र ईन्जिनियर केशवराज आचार्यले प्रशिक्षण दिनुहुने कार्यक्रमका संचालक नेपाल निर्माण व्यवसायी संघ अछामका सचिव गौतम कुँवरले बताउनु भयो । 

नेपाल निर्माण व्यवसायी संघ अछामका अध्यक्ष दिर्घ ठकुल्लाका अध्यक्षतामा आयोजना गरिएको उद्घाटन समारोहकोे संचालन नेपाल निर्माण व्यवसायी संघ अछामका सचिव गौतम कुँवरले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल निर्माण व्यवसायी संघ अछामका उपाध्यक्ष भिम बहादुर खड्काले राख्नुभएको थियो

प्रतिक्रिया