Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

साँफेबगरमा निर्माण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु

साँफेबगरमा निर्माण  व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु

नेपाल निर्माण व्यवसायी संघ अछामको आयोजनामा शनिबार देखि साँफेबगरमा निर्माण  व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । तालिममा ४० जना निर्माण व्यवसायीहरूको सहभागि रहेको छ । 

अछाम जिल्ला साँफेबगर नगरपालिकामा अवस्थित होटल बुढिगंगाको  सभाहलमा कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नेपालमा निर्माण व्यवसायीले निर्माण कार्य सुरु गरेदेखि काम सम्पन्न नगरुन्जेलसम्म बिचको अवधिमा झेल्नुपर्ने समस्या र कानुनी अड्चनको बारेमा धारणा व्यक्त गरेका गर्नुभएको थियो ।

केहि निर्माण व्यवसायिले ईमान्दारी पुर्वक काम नगर्नाले, मजदुरको पैसा समयमै नदिनाले समग्र निर्माण व्यवसायि पेशामाथि नै प्रश्न उठ्ने गरेको नगर प्रमुख कुँवरले बताउनु भयो । नगर प्रमुख कुँवरले इजाजत पत्र लिदैमा ठेकेदार बन्न नसकिने र ठेक्का लिइदैमा निर्माण कार्य सम्पन्न गर्न नसक्ने बताउँदै निर्माण कार्य पुरा नगरी ठेक्का तोड्ने निर्माण व्यवसायीलाई ७ किसिमको सजायको व्यवस्था रहेको बताउनुभयो । 

दुई दिन संचालन हुने तालिमबाट जिल्लाका निर्माण व्यवसायीहरुले व्यवस्थापन सम्बन्धमा धेरै कुरा बुझ्ने मौका पाउने कार्यक्रमका विशिष्ट अतिथि एवम् अछाम जिल्ला समन्वय समिती सदस्य नरेन्द्र बहादुर कुँवरले बताउनु भयो  । जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुलाई धेरै कुरा सिक्ने मौका मिल्ने र महासंघबाट यस्ता अन्य थप कार्यक्रमहरु पनि आयोजना गरिनु पर्ने पनि कुँवरले बताउनु भयो ।

साँफेबगरमा अवस्थित होटेल बुढिगंगाको सभाहलमा सुरुभएको दुई दिने तालिममा नेपाल निर्माण व्यवसायी महासंघका निर्देशक एवम् तालिम व्यवस्थापक निर्मल अर्याल र ईन्जिनियर केशवराज आचार्यले प्रशिक्षण दिनुहुने कार्यक्रमका संचालक नेपाल निर्माण व्यवसायी संघ अछामका सचिव गौतम कुँवरले बताउनु भयो । 

नेपाल निर्माण व्यवसायी संघ अछामका अध्यक्ष दिर्घ ठकुल्लाका अध्यक्षतामा आयोजना गरिएको उद्घाटन समारोहकोे संचालन नेपाल निर्माण व्यवसायी संघ अछामका सचिव गौतम कुँवरले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल निर्माण व्यवसायी संघ अछामका उपाध्यक्ष भिम बहादुर खड्काले राख्नुभएको थियो

प्रतिक्रिया