Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

"नागरीक संग प्रत्यक्ष जोडिएका कारण स्थानिय तहको भुमिका महत्वपुर्ण हुन्छ"- गृहमन्त्री लेखक

"नागरीक संग प्रत्यक्ष जोडिएका कारण स्थानिय तहको भुमिका महत्वपुर्ण हुन्छ"- गृहमन्त्री लेखक

नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेस क समितीले साँफेबगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो विकास, शान्ति र समृद्धि ल्याउन नेपाली कांग्रेस र नेकपा एमालेको सरकार स्थिर रहन आवश्यक रहेको बताउनुभयो । 

भुकम्पले पुर्‍याएको क्षतिको विस्तृत आकंलन गर्न अछाम, बझाङ, र जाजरकोटमा कार्यालय स्थापना र अन्य कार्यक्रम गर्ने उद्देश्यले गृहमन्त्री लेखक अछाम पुग्नु भएको थियो । गृहमन्त्री लेखकले दुई बर्ष यता भुकम्पले सुदूरपश्चिम प्रदेसमा बढि क्षेति पुर्याएको र सरकारले नागरीकलाई राहत उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले नागरीकले राहत प्राप्त गर्ने कुरामा स्थानिय तहको महत्वपुर्ण समन्वयकारी भुमिका रहने बताउनु भयो ।

नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेस क समितीका सभापति महेश खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा विशिष्ट अतिथी नेपाली कांगे्रस अछामका पूर्व सभापति भरत कुमार स्वाँर, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो भने कार्यक्रमको संचालन साँफेबगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिक्मत कडायत ले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य नरेन्द्र बहादुर कुँवर  नेपाली कांगे्रसका महासमिती सदस्य भगवति खनाल, सुदूरपश्चिम प्रदेस कार्यसमिती सदस्य रुपा आउजि, जिल्ला कार्यसमिती सदस्य राम बहादुर कुँवर, सुरत कुँवर, नेबि संघका केन्द्रिय सदस्य उमेश कुँवर, नेबि संघका जिल्ला अध्यक्ष खेमराज खड्का, तरुण दलका क्षेत्रिय सभापति जनक कडायत त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियू सभापती कमल कुँवर लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया