Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

"नागरीक संग प्रत्यक्ष जोडिएका कारण स्थानिय तहको भुमिका महत्वपुर्ण हुन्छ"- गृहमन्त्री लेखक

"नागरीक संग प्रत्यक्ष जोडिएका कारण स्थानिय तहको भुमिका महत्वपुर्ण हुन्छ"- गृहमन्त्री लेखक

नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेस क समितीले साँफेबगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो विकास, शान्ति र समृद्धि ल्याउन नेपाली कांग्रेस र नेकपा एमालेको सरकार स्थिर रहन आवश्यक रहेको बताउनुभयो । 

भुकम्पले पुर्‍याएको क्षतिको विस्तृत आकंलन गर्न अछाम, बझाङ, र जाजरकोटमा कार्यालय स्थापना र अन्य कार्यक्रम गर्ने उद्देश्यले गृहमन्त्री लेखक अछाम पुग्नु भएको थियो । गृहमन्त्री लेखकले दुई बर्ष यता भुकम्पले सुदूरपश्चिम प्रदेसमा बढि क्षेति पुर्याएको र सरकारले नागरीकलाई राहत उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले नागरीकले राहत प्राप्त गर्ने कुरामा स्थानिय तहको महत्वपुर्ण समन्वयकारी भुमिका रहने बताउनु भयो ।

नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेस क समितीका सभापति महेश खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा विशिष्ट अतिथी नेपाली कांगे्रस अछामका पूर्व सभापति भरत कुमार स्वाँर, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो भने कार्यक्रमको संचालन साँफेबगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिक्मत कडायत ले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य नरेन्द्र बहादुर कुँवर  नेपाली कांगे्रसका महासमिती सदस्य भगवति खनाल, सुदूरपश्चिम प्रदेस कार्यसमिती सदस्य रुपा आउजि, जिल्ला कार्यसमिती सदस्य राम बहादुर कुँवर, सुरत कुँवर, नेबि संघका केन्द्रिय सदस्य उमेश कुँवर, नेबि संघका जिल्ला अध्यक्ष खेमराज खड्का, तरुण दलका क्षेत्रिय सभापति जनक कडायत त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियू सभापती कमल कुँवर लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया