ताजा अपडेट
कैलालीको निङलाडीमा जिप दुर्घटना, १ जनाको मृत्यु
धनगढी – कैलालीमा निङलाडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार भीमदत्त राजमार्गको चुरे गाउँपालिका–५ निङलाडीमा जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भएर दुर्घटनामा हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६वर्षीया कविता साउद रहेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया