Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. १ का विद्यालयहरुको अनुगमन

विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. १ का विद्यालयहरुको अनुगमन

साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. १ का विद्यालयहरुको अनुगमन गरिएको छ ।नगरपालिकाका विभिन्न विद्यालयहरु अनुगमन गर्ने क्रममा २५ गते साँफेबगर नगरपालिका– २ जाल्पादेवीको बुढिगंगा अधारभुत विद्यालय, साँफेबगर नगरपालिका– २  बैद्यनाथका शिव शक्ति आधारभूत विद्यालय र सुर्य चन्द्र प्राविधिक तथा व्यवसायिक नमुना माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो  ।

विद्यालय अनुगमनका क्रममा विद्यालयमा संचालनमा रहेको बार्षिक परिक्षको स्थिती, जिल्ला स्थरीय परिक्षको स्थिती, विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन , भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिननुका साथै विद्यालयमा शिक्षक विद्यार्थी उपस्थिति , सेनिटरी प्याड वितरण तथा व्यवस्थापन , खानेपानी तथा सरसफाइ , दिवाखाजा व्यवस्थापन , लगायत विविध पक्षहरुको अनुगमन गरिएको थियो ।

अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत , नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल , अनुगमन कार्यदल सदस्य उमाकान्त जोशी, नगरपालिकाका आईटि प्रमुख अम्बर बोहरा, विद्यालय अनुगमन कार्यदल समिती सदस्य भगवति खनाल लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया