Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ’

‘पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ’

 

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लागेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘फागुन ७ गतेको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ उनले भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’

पूर्वराजा र उनीबाट परिचालित समूहले गर्दै आएको अराजक क्रियाकलापले देश अपठेरोमा परेको प्रधानमन्त्री ओलीको तर्क थियो । ‘लोकतान्त्रीक विधीअनुसार सरकार चलाउनुपर्छ भनेर सिकाउनुको सट्टा उहाँले साथ माग्नु ठिक होइन,’ उनले भने, ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन ।’

प्रधानमन्त्री ओलीले पूर्वराजालाई केही व्यक्ति नारायणहिटी छिराउने भन्दै लागेको बताउँदै कुनै व्यक्तिर्लाइ कुर्चीमा राख्दैमा शासक नहुने बताए । ‘अनि राष्ट्रपछि रामचन्द्र पौडेललाई के गर्नुहुन्छ उहाँहरुले,’ उनले भने, ‘उहाँ त चुनेको राष्ट्रपति हो । प्रतिनिधिसभाले छानेको म प्रधानमन्त्री छु । यो केही थाहा पाउनुहुन्न की उहाँहरु ।’
वर्तमान सरकार चुनावसम्म चल्ने प्रधानमन्त्री ओलीले दाबी गरे । ‘अबको १६ महिनासम्म सरकार म चलाउँछु,’ उनले भने, ‘त्यसपछि म नेपाली काँग्रेसलाई सुम्पिन्छु । १६ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । १८ महिना उहाँले चलाउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बिग्रिएको स्वीकार गर्दै १÷२ वर्षभित्रै ट्रयाकमा ल्याउने बताए । अर्को प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले गेटामा यसैवर्षभित्र शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए । ‘गेटामा अस्पताल र शैक्षिक कार्यक्रम यसैवर्षदेखि सुरु हुन्छ,’ उनले भने, ‘त्यसपछि मेडिकल विश्वविद्यालयका रुपमा विकास गर्ने बाटोतर्फ लैजान्छौं ।’

सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेश बनाउन आवश्यक रहेको बताउँदै उनले त्यसका लागि उद्यमशिलताको विकास गर्न आवश्यक रहेको बताए । त्यसले प्रदेशमै रोजगारीका सम्भावना बढाउने उनको दाबी थियो ।

 

प्रतिक्रिया