ताजा अपडेट
सुदूरपश्चिम माओवादीको दल नेता फेर्ने निर्देशनबारे बल्ल भयो छलफल
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम माओवादी संसदीय दलको नेता फेर्न दिएको निर्देशनबारे पहिलोपटक छलफल भएको छ । आइतबार बसेलो माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा खगराज भट्टलाई दल नेता बनाउन प्रचण्डले दिएको निर्देशनबारे छलफल भएको हो ।
माओवादीका प्रदेशसभा सदस्य ओमविक्रम भाटले दल नेता फेर्न भएको केन्द्रीय सर्कुलरबारे पहिलोपटक छलफल भएको बताए । `असारदेखि नै दल नेता खगराज भट्टलाई बनाउन निर्देशन भए पनि उक्त विषयले दलको बैठकभित्र प्रवेश पनि पाएको थिएन,´ उनले भने, `आइतबार भने विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छ्लफल भएको छ ।
उनका अनुसार दल नेता परिवर्तनको निर्देशन छलफलबाटै टुंगो लगाउने र अहिलेलाई सबै प्रदेशसभा सदस्य एक भए अगाडि बढ्ने सहमति भएको छ । बैठकमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रमेश धामीबाहेक सबै ९ जना प्रदेशसभा सदस्य सहभागी थिए । प्रदेशसभा सदस्य खगराज भट्टले पनि बैठकमा आफ्नो धारण राखेका थिए । उनले दल नेताबाट हटाइएपछि आफुलाई काम गर्न असहज भएको बताएका थिए ।
माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलभित्र एक वर्षदेखि विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि दलभित्रको विवाद सतहमा आएको थियो । धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।
त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउद मात्रै देखिए । तर, अहिले ओली पनि भट्ट समूहमा छन्, जसका कारण अहिले भट्ट र धामी पक्षमा पाँच-पाँच जना सांसद छन् । धामीलाई हटाएर खगराजलाई दल नेता बनाउन अध्यक्ष प्रचण्डले पाँचपटक निर्देशन दिइसकेका छन् । तर, उनको निर्देशन कार्यान्वयन नभएपछि अघिल्लो बुधबार प्रचण्डले माओवादी केन्द्रका सबै प्रदेश सांसदलाई खुमलटार बोलाएका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया