ताजा अपडेट
विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. २ का विद्यालयहरुको अनुगमन
साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. २ का विद्यालयहरुको अनुगमन गरिएको छ ।नगरपालिकाका विभिन्न विद्यालयहरु अनुगमन गर्ने क्रममा २६ गते साँफेबगर नगरपालिका– २ जाल्पादेवीको ज्ञानज्योति अधारभुत विद्यालय, त्रिपुरा सुन्दरी माध्यमिक विद्यालय, खापरमाण्डौ अधारभुत विद्यालय, सरस्वती अधारभुत विद्यालय र साँफेबगर ७ को जाल्पादेवी ख बालशिक्षाको अनुगमन गरिएको हो ।
विद्यालय अनुगमनका क्रममा विद्यालयमा संचालनमा रहेको बार्षिक परिक्षको स्थिती, जिल्ला स्थरीय परिक्षको स्थिती, विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन , भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिननुका साथै विद्यालयमा शिक्षक विद्यार्थी उपस्थिति , सेनिटरी प्याड वितरण तथा व्यवस्थापन , खानेपानी तथा सरसफाइ , दिवाखाजा व्यवस्थापन , लगायत विविध पक्षहरुको अनुगमन गरिएको थियो ।
अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत , नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल , अनुगमन कार्यदल सदस्य उमाकान्त जोशी, विद्यालय अनुगमन कार्यदल समिती सदस्य भगवति खनाल लगाएतको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया