Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘सुदूरपश्चिममा जन्मिएको हुँ, देशभरीबाट माया पाएँ’

‘सुदूरपश्चिममा जन्मिएको हुँ, देशभरीबाट माया पाएँ’

 

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा जन्मिएर देशभरीबाट माया पाएको बताएका छन् । कैलालीको धनगढीमा सुरु भएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘सुदूरपश्चिमले मलाई माया र सद्भाव दियो,’ उनले भने, ‘सुदूर पूर्वले पनि माया दियो । तराइदेखि हिमालसम्मको साथ पाए । फेरि पनि यस्तै साथ पाएपछि प्रधानमन्त्री बन्ने सम्भावना छ । 

अर्को प्रसंगमा बोल्दै देउवाले आफ्नो पार्टीका केही व्यक्तिमा रोग लागेको बताएका छन् । पार्टीका केही व्यक्तिमा लागेको रोगका कारण समस्या भइरहेको बताएका हुन् । ‘हाम्रा साथीभाइमा केही रोग लागेको छ;’ उनले भने, ‘अन्तरघात भन्ने एउटा रोग छ । त्यसलाई सधासधाका लागि निर्मुल गर्नुपर्छ । पार्टीभित्र लड्ने त ठिक हो । तर, चुनाव लड्दा र भोट हाल्दा एक भएर जानुपर्छ ।’

अहिले प्रतिनिधिसभामा समानुपातिक समावेशीको आधारमा राजनीतिक प्रतिनिधित्व भएका कारण कुनै पनि दललाई बहुमत ल्याउन समस्या रहेको देउवाले बताए । ‘अहिले पनि बहुमत कसैको छै्रन, भोलि पनि बहुमत ल्याउने सम्भावना कम छ,’ देउवाले भने, ‘तर, हाम्रो पार्टी एक भएर लागेको खण्डमा भने एक्लै बहुमत प्राप्त गर्न सक्छ । त्यसैले पार्टीका सबै साथीहरुलाई मतभेद अलग राखेर लाग्न आग्रह गर्दछु । सुदूरपश्चिमबाटै त्यसको सुरुवात होस् ।’

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग दुई वर्षपछि काँग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति रहेको स्मरण गराए । ‘दुई वर्ष ओलीजीले सरकार चलाएपछि प्रधानमन्त्री मलाई बनाउने सहमति भएको छ,’ उनले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो । एमालेको पनि काँग्रेस हो । अहिलेको आवश्यकता भएकाले मुख्य प्रतिस्पर्धीसंग मिलेर बसेका छौं ।’

 

प्रतिक्रिया