Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

‘सुदूरपश्चिममा जन्मिएको हुँ, देशभरीबाट माया पाएँ’

‘सुदूरपश्चिममा जन्मिएको हुँ, देशभरीबाट माया पाएँ’

 

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा जन्मिएर देशभरीबाट माया पाएको बताएका छन् । कैलालीको धनगढीमा सुरु भएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘सुदूरपश्चिमले मलाई माया र सद्भाव दियो,’ उनले भने, ‘सुदूर पूर्वले पनि माया दियो । तराइदेखि हिमालसम्मको साथ पाए । फेरि पनि यस्तै साथ पाएपछि प्रधानमन्त्री बन्ने सम्भावना छ । 

अर्को प्रसंगमा बोल्दै देउवाले आफ्नो पार्टीका केही व्यक्तिमा रोग लागेको बताएका छन् । पार्टीका केही व्यक्तिमा लागेको रोगका कारण समस्या भइरहेको बताएका हुन् । ‘हाम्रा साथीभाइमा केही रोग लागेको छ;’ उनले भने, ‘अन्तरघात भन्ने एउटा रोग छ । त्यसलाई सधासधाका लागि निर्मुल गर्नुपर्छ । पार्टीभित्र लड्ने त ठिक हो । तर, चुनाव लड्दा र भोट हाल्दा एक भएर जानुपर्छ ।’

अहिले प्रतिनिधिसभामा समानुपातिक समावेशीको आधारमा राजनीतिक प्रतिनिधित्व भएका कारण कुनै पनि दललाई बहुमत ल्याउन समस्या रहेको देउवाले बताए । ‘अहिले पनि बहुमत कसैको छै्रन, भोलि पनि बहुमत ल्याउने सम्भावना कम छ,’ देउवाले भने, ‘तर, हाम्रो पार्टी एक भएर लागेको खण्डमा भने एक्लै बहुमत प्राप्त गर्न सक्छ । त्यसैले पार्टीका सबै साथीहरुलाई मतभेद अलग राखेर लाग्न आग्रह गर्दछु । सुदूरपश्चिमबाटै त्यसको सुरुवात होस् ।’

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग दुई वर्षपछि काँग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति रहेको स्मरण गराए । ‘दुई वर्ष ओलीजीले सरकार चलाएपछि प्रधानमन्त्री मलाई बनाउने सहमति भएको छ,’ उनले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो । एमालेको पनि काँग्रेस हो । अहिलेको आवश्यकता भएकाले मुख्य प्रतिस्पर्धीसंग मिलेर बसेका छौं ।’

 

प्रतिक्रिया