Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलालीमा विद्युतका कर्मचारीलाई कार्यालयमै खुकुरी प्रहार गर्ने ‘मार्टेन’ पक्राउ !

कैलालीमा विद्युतका कर्मचारीलाई कार्यालयमै खुकुरी प्रहार गर्ने ‘मार्टेन’ पक्राउ !

धनगढी । कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।

चौधरीमाथि २२ फागुनमा कार्यालय परिसरमै खुुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गरेको अभियोगमा शाहीसहितका केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी परेको छ ।

शाही पक्राउ परेपनि अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगा थापाले बताए । उनकाअनुसार खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । चौधरी विद्युत प्राधिकरणमा फोर म्यानका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया