Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गेटा अस्पतालमा तत्काल निर्देशक नियुक्त गर्न एमाले सुदूरपश्चिमको खबरदारी

गेटा अस्पतालमा तत्काल निर्देशक नियुक्त गर्न एमाले सुदूरपश्चिमको खबरदारी

धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले गेटा अस्पतालको रिक्त निर्देशक पदमा तत्काल नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

आईतबार प्रधानमन्त्री ओलीलाई ध्याकर्षण पत्र बुझाउँदै एमालेले गेटा अस्पतालको नेतृत्वविहीनताको अवस्था अन्त्य गर्न तत्काल अस्पतालको निर्देशक सहितका पदाधिकारी नियुक्त गरी बजेट परिचालन, पारिश्रमिक भुक्तानी र सर्वसाधारणको सेवासुविधा सहज रूपमा उपलब्ध गराउन सकिने वातावरण निर्माण हुनुपर्ने माग गरेको छ ।

एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनि राना, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा गेटा अस्पताल सञ्चालन र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि नेतृत्व, मार्गनिर्देशन र पहल गरिदिन अनुरोध गरिएको छ ।

‘सुदूरपश्चिम क्षेत्रमै स्नातक र स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्ययनका लागि सदियौंदेखि प्रतीक्षारत सुदूरपश्चिमेलीको सपना र भविष्यसँग जोडिएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेको यहाँलाई अवगत नै छ । सरकारको अर्बाैं लगानीमा गोदावरी नगरपालिका–५ गेटामा विश्वविद्यालय सञ्चालनका लागि पर्याप्त भौतिक संरचना बनिसकेका छन् । ठूलो मात्रामा बजेट चाहिने भौतिक पूर्वाधार बनिसकेको तथा तुलनात्मक रूपमा धेरै लगानी नचाहिने कानून निर्माण र प्रशासनिक व्यवस्थापनमा ढिलाइ भइरहेको छ । विश्वविद्यालय स्थापना हुनुअघि गेटा अस्पतालका रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयास थालिए पनि केही समस्या देखिने गरेका छन्,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘हाल गेटा अस्पताल निर्देशकविहीन हुँदा चिकित्सक र कर्मचारीहरूले नियमित पारिश्रमिक समेत भुक्तानी नपाइरहेको बिडम्बनापूर्ण अवस्था छ ।’

ध्यानाकर्षणमा राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विश्वविद्यालय विधेयकलाई प्राथमिकताका साथ यथाशीघ्र टुंग्याई संसद्बाट पारित गराउन पहल गर्नुपर्ने, कानून निर्माणलगत्तै विश्वविद्यालयका पदाधिकारीको नियुक्ति, दरबन्दी सिर्जना र पदपूर्ति गरी आगामी सत्रबाटै स्नातक तहको चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन हुने गरी निर्णय लिनुपर्ने, विश्वविद्यालयको पूर्वाधारको रूपमा सञ्चालनमा रहेको गेटा अस्पताललाई तत्काल ३०० शैयामा स्तरोन्नति गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
 

प्रतिक्रिया