Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशनको बैठक फेरी अनिश्चित बनेको छ । मंगलबार प्रतिपक्षी दलहरुले बैठक अवरोध गरेपछि सभामुख भिमबहादुर भण्डारीले बैठक अनिश्चितका लागि स्थगित भएको जानकारी दिएका हुन ।

सरकारले विलासितको खर्चमा कटौती गर्नुपर्ने मागसहित प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बैठकमा उभिएर सरकारको विरोध गरेका थिए ।

सभामुख भण्डारीले बैठक प्रारम्भ भएको जानकारी गराएपछि प्रतिपक्षी दलहरु आफनो बेन्चमा उभिएर विरोधमा उत्रिएका थिए । 

सभामा बोल्दै एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य नरेशबहादुर शाहीले सरकारले योेजना तथा नीति आयोगमा पाँच सदस्य राखेर सरकारको खर्चमा बढोत्तरी ल्याएको बताए । 

उनले प्रदेश सरकारका सन्दर्भमा केही कुरा गर्न बाँध्य भएको बताए । ‘सबैले प्राकृतिक स्रोत र सम्पदाले महत्वपूर्ण छ । ठुला–ठुला सम्पदाको विराट खानी हो भनिरहँदा तर, सुदूरपश्चिम यर्थाथमा हामी गरिवी, वेरोजगारीको चपेटामा छौं र विभिन्न खालका समस्याले च्यापिएको स्थितिमा छौं’ उनले भने –‘आज पनि अगाििड विधमान छ । नेपालको औसत गरिवीभन्दा हाम्रो गरिवी बढी छ । अथवा सात वटा प्रदेशमध्ये भौगोलिक बनोट र समाज भएको कर्णालीको २६ प्रतिशतमा छ भने हामी ३४ प्रतिशत गरिवीमा छौं । यस्तो गरिवी रहेको प्रदेशलाई अगाडि ल्याउनका लागि र विकसित प्रदेशका रुपमा रुपान्तरण गर्नका लागि हामी सबैको जिम्मेवारी छ । त्यसको नेतृत्व प्रदेश सरकारले गर्न जरुरी छ ।’ 

उनले प्रदेश सरकारले नेतृत्व गर्दा प्रदेशको आम्दानी बृद्धि गर्न जरुरी रहेको र प्रदेश सरकारले स्रोतको सदुपयोग गर्नुपर्ने बताए । ‘प्रदेश सरकारका तर्फबाट हावाचाली काम भइरहेको हामीलाई महशुष भएका छ । खासगरि हाम्रा अगाडि जिवित छ । हामीले राजश्व उठाउनमा चासो दिन सकेनौं । २४ दिनसम्म प्रदेशको राजश्व उठन सकेन’ उनले भने ‘अनावश्यक खर्चका शिर्षक कटौति गर्नुपर्ने छ । तर, खर्चका अनावश्यक शिर्षक कटौति गर्नुको सट्टा प्रदेश सरकारका तर्फबाट खर्चलाई झन बढावा दिएको छ । हाम्रो बुझाईमा फजुल खर्च बढाइएको छ ।’ 

उनले सल्लाहकारका पदहरुमा फजुल खर्च बढाइएको बताउँदै –‘नीति तथा योजना आयोगमा तीन जना सदस्यको सट्टा पाँच जना सदस्य सृजना गरेर जुन सुविधा दिने गरेर अथवा त्यसलाई संशेधन गरियो त्यसप्रति हाम्रो असहमति छ । यो प्रदेश सरकारका तर्फबाट अविलम्ब सच्याइनुपर्छ । माननीय सभामुखज्यूमार्फत यो प्रदेश सरकारलाई रुलिङ्ग होस । कि हाम्रो मागको सम्बोधन होस ।’

कुर्चिबाट नेता शाहीले आफना माग राखेपछि सभामुख भण्डारीले चार पटक आसन ग्रहण गर्नका लागि अनुरोध गरे । तर, प्रतिपक्षी दलहरु आ–आफनो कुर्चिमा उभिइरहेका थिए । सभामुख भण्डारीले भने –‘प्रतिपक्षी दलहरु आ–आफनो स्थानमा उभिएर बैठक अवरोध गर्नुभएकोले आजको कारबाही अगाडि बढन सक्ने अवस्था देखिएन । आज (मंगलबार)को निर्धारित कार्यसूचिबाट हटाइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको छ ।’

मंगलबार बस्ने भनेको पाँचौ अधिवेशनको १९ औं बैठकमा ‘केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको थियो ।
 

प्रतिक्रिया