Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

सुदूरपश्चिमका यी क्याम्पसमा स्ववियूमा निर्विरोध नेतृत्व, को भए सभापति ?

सुदूरपश्चिमका यी क्याम्पसमा स्ववियूमा निर्विरोध नेतृत्व, को भए सभापति ?

 

धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कतै विभिन्न संगठनबीच पद बाँडफाड भएर त कतै एकल उम्मेदवारी परेर निर्विरोध नेतृत्व चयन भएको हो । ११ मध्ये छ मा अनेरास्ववियू, तीनमा नेविसंघ र दुई मा अखिल (क्रान्तिकारी)का सभापति चयन भएका छन् । 

दार्चुलामा त्रिविअन्तर्गतका सबै पाँच वटा क्याम्पसमा निर्विरोध रुपमा स्ववियूको समिति चयन भएको छ । नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच भागबन्डा गर्ने सहमतिअनुसार निर्विरोध रुपमा नेतृत्व चयन गरिएको हो । भागबन्डाअनुसार नेविसंघले दुई, अखिलले दुई र क्रान्तिकारीले एक क्याम्पस पाएको छ ।

अखिलका जिल्ला अध्यक्ष नरेन्द्र जोशीका अनुसार लटीनाथ क्याम्पस मार्मामा रुकेश बिष्ट र कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाल अखिलबाट सभापितमा सर्वसम्मत चयन भएका छन् । 

यस्तै, नेविसंघको तर्फबाट अपिनम्पा क्याम्पस हुतीमा शेरबहादुर बम र राष्ट्रिय क्याम्पस दत्तुमा लिलु भट्ट सभापति चयन भएका छन् । शंकरपुर क्याम्पस दार्चुलामा अखिल (क्रान्तिकारी)का जानकी टमटा स्ववियू सभापतिमा निर्विरोध चयन भएकी छिन् ।

यस्तै, बझाङमा सेती क्याम्पसमा अखितका दीपेन्द्र दौल्याल, बैतडीको नवप्रभात संयुक्त क्याम्पसमा अखिलकै सपना चन्द, बैतडीकै शिक्षा क्याम्पसमा अखिलका अक्बर चन्द र बाजुराको बुदिनन्दा क्याम्पसमा अखिलका भाष्कर शाही निर्विरोध सभापति चयन भएका छन् । 

अछामको साँफेबगर नगरपालिका–२ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । कुँवर दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन् । 

शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा अनेरास्ववियू (क्रान्तिकारी)का बम धामी निर्वाचित भएका छन् । सुदूरपश्चिमका त्रिविअन्तर्गत रहेका ५३ कलेजमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । प्रदेशभर त्रिवि मातहतका ७६ कलेज भए पनि ५३ वटामा मात्रै संगठन दर्ता भएको छ ।

 

प्रतिक्रिया