Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिमका यी क्याम्पसमा स्ववियूमा निर्विरोध नेतृत्व, को भए सभापति ?

सुदूरपश्चिमका यी क्याम्पसमा स्ववियूमा निर्विरोध नेतृत्व, को भए सभापति ?

 

धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कतै विभिन्न संगठनबीच पद बाँडफाड भएर त कतै एकल उम्मेदवारी परेर निर्विरोध नेतृत्व चयन भएको हो । ११ मध्ये छ मा अनेरास्ववियू, तीनमा नेविसंघ र दुई मा अखिल (क्रान्तिकारी)का सभापति चयन भएका छन् । 

दार्चुलामा त्रिविअन्तर्गतका सबै पाँच वटा क्याम्पसमा निर्विरोध रुपमा स्ववियूको समिति चयन भएको छ । नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच भागबन्डा गर्ने सहमतिअनुसार निर्विरोध रुपमा नेतृत्व चयन गरिएको हो । भागबन्डाअनुसार नेविसंघले दुई, अखिलले दुई र क्रान्तिकारीले एक क्याम्पस पाएको छ ।

अखिलका जिल्ला अध्यक्ष नरेन्द्र जोशीका अनुसार लटीनाथ क्याम्पस मार्मामा रुकेश बिष्ट र कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाल अखिलबाट सभापितमा सर्वसम्मत चयन भएका छन् । 

यस्तै, नेविसंघको तर्फबाट अपिनम्पा क्याम्पस हुतीमा शेरबहादुर बम र राष्ट्रिय क्याम्पस दत्तुमा लिलु भट्ट सभापति चयन भएका छन् । शंकरपुर क्याम्पस दार्चुलामा अखिल (क्रान्तिकारी)का जानकी टमटा स्ववियू सभापतिमा निर्विरोध चयन भएकी छिन् ।

यस्तै, बझाङमा सेती क्याम्पसमा अखितका दीपेन्द्र दौल्याल, बैतडीको नवप्रभात संयुक्त क्याम्पसमा अखिलकै सपना चन्द, बैतडीकै शिक्षा क्याम्पसमा अखिलका अक्बर चन्द र बाजुराको बुदिनन्दा क्याम्पसमा अखिलका भाष्कर शाही निर्विरोध सभापति चयन भएका छन् । 

अछामको साँफेबगर नगरपालिका–२ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । कुँवर दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन् । 

शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा अनेरास्ववियू (क्रान्तिकारी)का बम धामी निर्वाचित भएका छन् । सुदूरपश्चिमका त्रिविअन्तर्गत रहेका ५३ कलेजमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । प्रदेशभर त्रिवि मातहतका ७६ कलेज भए पनि ५३ वटामा मात्रै संगठन दर्ता भएको छ ।

 

प्रतिक्रिया