ताजा अपडेट
नेपाली काङ्ग्रेस रामारोशनद्वारा विपदमा परेकालाई सहयोग गर्न अभियान
भदौ १० ,अछाम
नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिकाले राहत संकलन तथा उद्वार समितिको कोषमार्फत रकम संकलन गर्न अभियान संचालन गरेको छ । भदौ २ गतेका दिन रामारोशन क्षेत्रमा भीषण बर्षासँगै आएको बाढीले मृतक र विस्थापित परिवारका लागि सहयोग स्वरुप उक्त अभियान सुरु गरिएको हो ।
संयोजक युवा नेताद्वय पुष्प बिष्ट र सह संयोजक पुर्णबहादुर विक रहनु भएको कोषमा बुधबारसम्म १ लाख ८७ हजार ६ सय ११ रुपैयाँ जम्मा भएको छ । प्रतिनिधि सभा सदस्य रामबहादुर बिस्टबाट १ लाख ११ हजार १ सय ११ , बान्निगढी जयगढ -६ दर्ना स्थायी घर भइ हाल जापानमा रहनु भएका ज्ञानेन्द्र बहादुर शाहबाट ५५ हजार ५ सय , ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्य समिति अछामबाट २५ हजार गरि उक्त रकम जम्मा भएको हो । विपतको समयमा सबैखालको सहयोग गरिदिन समेत नेपाली काङ्ग्रेस रामारोशनले आग्रह गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया