Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको अवरोध जारी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको अवरोध जारी

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशनको बैठकमा प्रतिपक्षी दलहरुको अवरोध जारी रहेको छ ।

पाँचौ अधिवेशनको १९ औं बैठकमा नीति तथा योजना आयोगमा सदस्य थप गर्दै प्रदेश सरकारले फजुल खर्चमा बृद्धि गरेको भन्दै बैठक अवरोध गरेका थिए । बुधबार दिउँसो २ बजे आह्वान गरेको बैठकमा पुनः प्रतिपक्षी दलहरुले अवरोध जारी राखेका हुन ।

बुबार प्रतिपक्षी दलहरुले बैठक अवरोध गरेपछि सभामुख भिमबहादुर भण्डारीले बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पनि आफनो स्थानमा उभिएर सरकारको विरोध गरे ।

एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य नरेशबहादुर शाहीले सरकारले योेजना तथा नीति आयोगमा पाँच सदस्य राखेर सरकारको खर्चमा बढोत्तरी ल्याएको बताएका थिए । 

उनले सरकारले नीति तथा योजना आयोगमा सदस्य थप गरेको विषयलाई फिर्ता नगरेसम्म बैठक चल्न नदिने बताएका थिए ।

उनले भनेका थिए –‘नीति तथा योजना आयोगमा तीन जना सदस्यको सट्टा पाँच जना सदस्य सृजना गरेर जुन सुविधा दिने गरेर अथवा त्यसलाई संशेधन गरियो त्यसप्रति हाम्रो असहमति छ । यो प्रदेश सरकारका तर्फबाट अविलम्ब सच्याइनुपर्छ । माननीय सभामुखज्यूमार्फत यो प्रदेश सरकारलाई रुलिङ्ग होस । कि हाम्रो मागको सम्बोधन होस ।’

बुधबार पनि सभामुख भण्डारीले आसन ग्रहण गर्नका लागि अनुरोध गरे । तर, प्रतिपक्षी दलहरु आ–आफनो कुर्चिमा उभिइरहेपछि सभामुख भण्डारीले भने –‘प्रतिपक्षी दलहरु आ–आफनो स्थानमा उभिएर बैठक अवरोध गर्नुभएकोले आजको कारबाही आधा घण्टासम्मका लागि स्थगित गरिएको छ ।’

बुधबार बस्ने भनेको पाँचौ अधिवेशनको २० औं बैठकमा ‘केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको थियो ।
 

प्रतिक्रिया