Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको अवरोध जारी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको अवरोध जारी

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशनको बैठकमा प्रतिपक्षी दलहरुको अवरोध जारी रहेको छ ।

पाँचौ अधिवेशनको १९ औं बैठकमा नीति तथा योजना आयोगमा सदस्य थप गर्दै प्रदेश सरकारले फजुल खर्चमा बृद्धि गरेको भन्दै बैठक अवरोध गरेका थिए । बुधबार दिउँसो २ बजे आह्वान गरेको बैठकमा पुनः प्रतिपक्षी दलहरुले अवरोध जारी राखेका हुन ।

बुबार प्रतिपक्षी दलहरुले बैठक अवरोध गरेपछि सभामुख भिमबहादुर भण्डारीले बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पनि आफनो स्थानमा उभिएर सरकारको विरोध गरे ।

एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य नरेशबहादुर शाहीले सरकारले योेजना तथा नीति आयोगमा पाँच सदस्य राखेर सरकारको खर्चमा बढोत्तरी ल्याएको बताएका थिए । 

उनले सरकारले नीति तथा योजना आयोगमा सदस्य थप गरेको विषयलाई फिर्ता नगरेसम्म बैठक चल्न नदिने बताएका थिए ।

उनले भनेका थिए –‘नीति तथा योजना आयोगमा तीन जना सदस्यको सट्टा पाँच जना सदस्य सृजना गरेर जुन सुविधा दिने गरेर अथवा त्यसलाई संशेधन गरियो त्यसप्रति हाम्रो असहमति छ । यो प्रदेश सरकारका तर्फबाट अविलम्ब सच्याइनुपर्छ । माननीय सभामुखज्यूमार्फत यो प्रदेश सरकारलाई रुलिङ्ग होस । कि हाम्रो मागको सम्बोधन होस ।’

बुधबार पनि सभामुख भण्डारीले आसन ग्रहण गर्नका लागि अनुरोध गरे । तर, प्रतिपक्षी दलहरु आ–आफनो कुर्चिमा उभिइरहेपछि सभामुख भण्डारीले भने –‘प्रतिपक्षी दलहरु आ–आफनो स्थानमा उभिएर बैठक अवरोध गर्नुभएकोले आजको कारबाही आधा घण्टासम्मका लागि स्थगित गरिएको छ ।’

बुधबार बस्ने भनेको पाँचौ अधिवेशनको २० औं बैठकमा ‘केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको थियो ।
 

प्रतिक्रिया