Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैतडीमा सुरेन्द्र बिष्ट हत्या प्रकरण: गोलि हान्ने कर्णबहादुर सार्वजनिक

बैतडीमा सुरेन्द्र बिष्ट हत्या प्रकरण: गोलि हान्ने कर्णबहादुर सार्वजनिक

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २१ वर्षीय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले घटनामा संलग्न ४२ वर्षीय कर्णबहादुर बिष्टलाई बुधबार सार्वजनिक गरेको हो। कर्णबहादुर ‘स्याल’ उपनामले परिचित व्यक्ति हुन्।

 फागुन १७ गते राति करिब ८ः३० बजे, सुरेन्द्र बिष्टको गोली प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीएसपी० मकेन्द्रकुमार मिश्रका अनुसार ४० हजार रुपैयाँ लेनदेनसम्बन्धी विवादकै कारण कर्णबहादुरले आफ्नै नाता पर्ने सुरेन्द्रलाई गोली हानेका थिए।

फागुन २५ गते दोगडाकेदार–८ पत्थरखानीस्थित ओढार क्षेत्रमा प्रहरीले अभियुक्तले प्रयोग गरेको झोला फेला पारेको थियो। सोही स्थानमा मंगलबार हत्यामा प्रयोग भएको भरुवा बन्दुक, गोली, मोबाइल, सिमकार्डलगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका कर्णबहादुरलाई प्रहरीले फागुन २३ गते दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु नाकाबाट पक्राउ गरेको थियो। उनी भारततर्फ भाग्ने क्रममा पक्राउ परेका थिए।
 
अभियुक्त कर्णबहादुर बिष्टमाथि जिल्ला अदालतबाट फागुन २३ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थपिएको छ। कर्तव्य ज्यान मुद्दामा उनीमाथि विस्तृत अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

प्रतिक्रिया