ताजा अपडेट
बैतडीमा सुरेन्द्र बिष्ट हत्या प्रकरण: गोलि हान्ने कर्णबहादुर सार्वजनिक
बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २१ वर्षीय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले घटनामा संलग्न ४२ वर्षीय कर्णबहादुर बिष्टलाई बुधबार सार्वजनिक गरेको हो। कर्णबहादुर ‘स्याल’ उपनामले परिचित व्यक्ति हुन्।
फागुन १७ गते राति करिब ८ः३० बजे, सुरेन्द्र बिष्टको गोली प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीएसपी० मकेन्द्रकुमार मिश्रका अनुसार ४० हजार रुपैयाँ लेनदेनसम्बन्धी विवादकै कारण कर्णबहादुरले आफ्नै नाता पर्ने सुरेन्द्रलाई गोली हानेका थिए।
फागुन २५ गते दोगडाकेदार–८ पत्थरखानीस्थित ओढार क्षेत्रमा प्रहरीले अभियुक्तले प्रयोग गरेको झोला फेला पारेको थियो। सोही स्थानमा मंगलबार हत्यामा प्रयोग भएको भरुवा बन्दुक, गोली, मोबाइल, सिमकार्डलगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका कर्णबहादुरलाई प्रहरीले फागुन २३ गते दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु नाकाबाट पक्राउ गरेको थियो। उनी भारततर्फ भाग्ने क्रममा पक्राउ परेका थिए।
अभियुक्त कर्णबहादुर बिष्टमाथि जिल्ला अदालतबाट फागुन २३ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थपिएको छ। कर्तव्य ज्यान मुद्दामा उनीमाथि विस्तृत अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया