Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीमा पूर्वमन्त्री धामीले खोले ‘डायमण्ड सेकुवा घर’

धनगढीमा पूर्वमन्त्री धामीले खोले ‘डायमण्ड सेकुवा घर’

 

धनगढी । सुदूरपश्चिमका पूर्वमन्त्री रमेशसिंह धामीले सेकुवा घर सञ्चालनमा ल्याएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य धामीले कैलालीको धनगढी–४, सहिद गेट नजिक डायमण्ड सेकुवा घर सञ्चालनमा ल्याएका हुन् । 

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले सेकुवा घरको बुधबार उद्धाटन गरे । उनले पर्यटन मन्त्री भइसकेका धामीले साना तथा मझौला व्यवसायलाई प्रोत्साहन हुने गरी व्यवसाय सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

धामीले सेकुवा घरमा सस्तो मूल्यमा स्वादिष्ट बङ्गुर र बोइलर कुखुराको सेकुवा पाइने बताए । सात लाख लगानीमा सेकुका घर सञ्चालनमा ल्याइएको बताउँदै उनले चार जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।

पूर्वमन्त्री धामीले आधुनिक चुह्लोबाट कार्बनरहीन सेकुवा बनाइने बताए । ‘यो चुह्लो धनगढीमा हामीकहाँमात्र छ । यसबाट कार्बनरहीन सेवा बनाइन्छ’ उनले भने, ‘नयाँ स्वादमा सेकुवा खुवाउन खोजेको हो ।’ जनप्रतिनिधि पनि कुनै न कुनै काम, व्यवसायमा जोडिनु पर्छ भनेर व्यवसाय सुरु गरेको धामीले बताए ।
‘जनप्रतिनिधिप्रति नराम्रो टीकाटीप्पणी हुने गरेको छ । त्यसलाई चिर्न हामी जनप्रतिनिधिले पनि कुनै न कुनै काम व्यवसायमा जोडिनुपर्छ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको हुँ’ धामीले भने, ‘यसले मलाइ आफ्नो राजनीतिक जीवनलाई अझ सुव्यवस्थित गर्नका लागि सहयोग पुग्ने आशा गरेको छु ।’  

प्रतिक्रिया