Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम खेलकुद परिषद सदस्य सचिव सिंह नियूक्त भएको चार वर्ष पुरा हुँदै

सुदूरपश्चिम खेलकुद परिषद सदस्य सचिव सिंह नियूक्त भएको चार वर्ष पुरा हुँदै

धनगढी- अहिले सुदूरपश्चिम प्रदेशमा खेलकुदमा चर्चाको विषय बनेको छ खेलकुद परिषदमा नयाँ सदस्य सचिवको नियूक्ती । सदस्य सचिवमा नियूक्त भएका दिपकबहादुर सिंहको पदावधि सकिनै लाग्दा सत्तागठबन्धन दलले अब नयाँ सदस्यसचिव कसलाई नियूक्त गर्छ भन्ने खेल क्षेत्रमा कार्यरत संघ–संस्था, प्रशिक्षक, खेलाडी, खेलकुदप्रमी लगायतमा कौतुहल बढेको छ ।

संघिय खेलकुद ऐनमा कार्यकारी पदका लागि खुल्ला प्रतिस्पर्धाबाट जानुपर्ने प्रावधान रहेपनि प्रदेश खेलकुद ऐनले सदस्य सचिवको राजनीतिक नियूक्ति गर्ने व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद ऐनले खेलकुद परिषद गठन गर्ने व्यवस्था गरेको छ । २०७६ सालमा जारी भएको सो ऐनले परिषदमा सदस्य सचिव राजनीतिक नियूक्ति गर्ने व्यवस्था गरेको छ । अहिले परिषदको सदस्य सचिव दिपक सिंह रहेका छन् । उनी सदस्य सचिवमा नियूक्त भएको आज ९फागुन २८ गते० चार वर्ष पुरा हुन्छ । तर, मन्त्रालयले मन्त्रीपरिषदले नियूक्त गरेको मिति भन्दा नियूक्तिपत्र दिएको मितिलाई अन्तिम मान्ने बताएको छ ।

उनको पदावधि सकिनै लाग्दा सो पदका लागि सत्तागठबन्धन दलमा रहेका खेलकुद आयोजक, प्रशिक्षक, खेलाडीहरु दौडमा छन् । तर, सरकारले नयाँ सदस्य सचिव नियूक्तिबारे सुरसार गरेको छैन ।

सदस्य सचिव सिंहको कार्यअवधि सकिनै लाग्दा आँकाक्षीहरु सरकारले यथाशिघ्र परिषदको सदस्य सचिव नयाँ गठनमा ध्यान दिनुपर्ने बताइरहेका छन । सिंह २०७७ फागुन २८ गतेको मन्त्रीपरिषद बैठकबाट सदस्य सचिवमा नियूक्त भएपनि उनलाई नियूक्ति पत्र २०७७ चैत ८ गते दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले भने –‘खेलकुद परिषदका सदस्य सचिवको कार्यअवधि यहि चैत ७ गते सकिन्छ । सोभित्र प्रदेश सरकारले नयाँ नियूक्ति गरिसक्नुपर्छ ।’ तर, प्रदेशको सामाजिक विकास मन्त्रालयले भने सो विषयमा ध्यान नदिएको जनाएको छ ।

खेलकुद ऐन २०७६ अनुसार परिषद गठनका प्रक्रिया उल्लेख छन । ऐनको दफा ३ अनुसार परिषद गठनका लागि सामाजिक विकास मन्त्री वा राज्यमन्त्री वा सहायक मन्त्री अध्यक्ष रहने छन । अध्यक्षको सिफारिसमा प्रदेश सरकारले नियूक्त गरेको व्यक्ति सदस्य सचिव रहने छ भने प्रदेश स्तरमा रहेका खेलकुदसम्बन्धी दर्ता भएका संघ, संस्थाहरुबाट मन्त्रालयले मनोनित गरेका कम्तीमा एक जना महिलासहित तीन जना सदस्य रहने छन । 

नयाँ सदस्य सचिव बन्नका लागि मुख्य गरी ५ योग्यता तोकिएको छ । ३० वर्ष पूरा भएको र ५५ वर्ष ननाघेको, नेपाली नागरिक, खेलकुद क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । साथै प्रचलित कानुनले अयोग्य घोषित नगरेको र स्वच्छ छवि भएको हुनुपर्ने  प्रावधान छ ।

सत्ता गठबन्धनमा सदस्य सचिव कुन पार्टीले पाउने भन्नेसमेत अन्यौलता रहेको समयमा सामाजिक विकास मन्त्रालयको नेतृत्व नेपाली काँग्रेसको मन्त्री भएकाले काँग्रेस निकट खेलकुद क्षेत्रका संघ–संस्थाहरुका पदाधिकारीहरुको दौडधुप रहेको छ ।

प्रदेशस्तरिय खेलकुद सञ्चालन गर्न स्थापना भएको परिषदमा सदस्य सचिवका लागि कैलाली, कञ्चनपुर र डोटीबाट आकाक्षी देखिएका छन् । नेपाली काँग्रेसबाट खेल क्षेत्रमा सक्रिय व्यक्तिहरु सदस्य सचिवमा बढी आँकाक्षी देखिन्छन । सदस्य सचिवका लागि तरुण दलका केन्द्रीय सदस्य कैलालीका लोकबहादुर खड्का ९रवि खड्का०, त्रिलोक पाण्डेय, राजिव गुप्ता, कञ्चनपुरका ज्ञानेन्द्र सिंह र डोटीका प्रकाश शाही रहेका छन । तरुण दलका केन्द्रीय सदस्य समेत रहेका लोकबहादुर खड्का ९रवि० फुटबलका पूर्व राष्ट्रिय खेलाडी हुन् । हक्कीको पूर्व राष्ट्रिय खेलाडी, कुस्ती संघका पूर्व केन्द्रीय कोषाध्यक्ष, हाल क्रिकेट संघ संग आवद्ध रहेका रवि खड्का सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व सदस्य समेत हुन् । यस्तै, डोटीका प्रकाश शाही डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष हुन् । कैलालीका राजिव गुप्ता कैलाली जिल्ला खेलकुद खेलकुद समितिका पूर्व अध्यक्ष हुन् भने त्रिलोक पाण्डेय करातेका खेलाडी हुन । कञ्चनपुरका ज्ञानेन्द्र शाही नेपाल तेक्वाण्डो संघ कञ्चनपुरका अध्यक्ष हुन् ।  

नेपाली काँग्रेसका नेताहरुले सदस्य सचिव नियूक्तिमा हतार नदेखाएको जनाएको छ । ‘सिंहको कार्यअवधि अझै बाँकी रहेको छ । त्यसैले अहिले पार्टीले नयाँ सदस्य सचिव नियूक्त गर्ने बारे कुनै छलफल गरेको छैन’ नेपाली काँग्रेस कैलाली सचिव नृपबहादुर सुनारले भने ।

प्रतिक्रिया