Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलालीमा बढ्यो तस्करी, १२ करोडको सामान जफत

कैलालीमा बढ्यो तस्करी, १२ करोडको सामान जफत

 

धनगढी । नेपाली बजारमा महंगीले आकाश छोइरहँदा भारती बजारबाट नेपाली बजारमा चोरी पैठारी गरी सामान भित्रिने क्रम बढेको छ । जिल्ला भन्सार कार्यालय कैलालीका अनुसार प्रहरीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ११ करोड ८० लाख ९८ हजार १२ रुपैयाँको सामान बरामद गरी भन्सारको जिम्मा लगाएको छ ।

यो अवधिमा एक हजार तीन सय ४९ वटा तस्करी तथा चोरी पैठारीको मुद्दा दर्ता भएको जिल्ला भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ८४ लाख चार सय ८६ रुपैयाँको मालसामान भन्सार छली ल्याइएको भनी एक हजार चार सय ७६ वटा मुद्दा दर्ता भएको थियो । पछिल्लो समयमा प्रहरीले दैनिक रुपमा भन्सार छलीको सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाइरहेको छ ।

भन्सार कार्यालयका मुद्दाफाँटका नायब सुब्बा पहलबहादुर केसीका अनुसार कपडा, चिनी, मिठाई, चकलेट, सूर्ती, बिडी, मलखाद, मोबाइल, मोबाइल पार्टस्, आलु, प्याज, गहुँ, प्लाष्टिक झिल्ली, कूलर, ब्रोइलर कुखुरा, हार्डवेयरका सामान, ब्याट्री, सवारी साधनका पार्ट पुर्जा लगायतका सामानहरु बढि चोरी पैठारी हुने वस्तुमा हुन् । उनले चोरी पैठारीमा प्रयोग गरिएको मोटरसाइकल, गाडी समेत प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको बताए ।

भारतसंग कैलालीको सीमाना जोडिएको क्षेत्रबाट मात्रै नभई कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमाना जोडिएका नाका क्षेत्रबाट चोरी पैठारी हुन थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले सीमा नाकामा प्रहरीले सक्रियता बढाएको कारणले पनि भन्सार छलीका सामान बरामद हुने दर बढेको बताए । उनले भारतसंग सीमाना जोडिएको जिल्लाका हरेक नाकामा प्रहरी खटिएको बताए ।

उनले नाकामा खटिएको प्रहरीले दिनहुँ चोरी तस्करी गरी ल्याएको सामान बरामद गर्ने गरेको बताए । जिल्ला प्रहरीले गत आर्थिक वर्षमा सात करोड ९० लाख तीन हजार पाँच सय ९२ रुपैयाँको भन्सार छलीको मालसामान भन्सारमा बुझाएको थियो । सो वर्ष सबैभन्दा बढी बैशाख महिनामा भन्सार छली ल्याएको एक करोड २१ लाख एक हजार ९३६ रुपैयाँको मालसामान बरामद गरी भन्सारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरीले समेत भन्सार छलिका सामान फेलापारी भन्सार कार्यालयको जिम्मा लगाउने गरेका छन् । जिल्ला भन्सार कार्यालय कैलालीले पनि चाडपर्वको बेला बजारमा माग बढी हुने भएकाले व्यापारीहरुले बढी सामान आयात गर्ने गरेको र यो समयमा चोरी पैठारी पनि बढी हुने गरेको जनाएको छ । नायब सुब्बा केसीले प्रहरी कार्यालयले अहिले दैनिक जसो भन्सार छलीको सामान ल्याएर भन्सार कार्यालयमा बुझाइरहेको बताए ।

उनले चाडपर्वको बेला माग बढी हुने भएकाले स्वाभाविक रुपमा चोरी पैठारी पनि बढ्ने गरेको बताए । जिल्ला भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा फागुन मसान्तसम्म दर्ता भएका मुद्दा मध्ये सात सय २० वटा मुद्दाको फैसला भएको छ । ती मुद्दाहरुमा छ करोड ४९ लाख ७४ हजार रुपैयाँको सामान तस्करी गरी ल्याएको अभियोगपत्र दर्ता भएको थियो ।

यसैगरी, भन्सार कैलालीले तस्करी गरी ल्याएका सामानको चार सय ६० वटा लिलाम गरेको छ । यसबाट भन्सारले एक करोड दुई लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको भन्सार कैलालीका मुद्दा फाँटका नायब सुब्बा केसीले बताए ।

 

प्रतिक्रिया