Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कामधेनु गौशाला गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल

कामधेनु गौशाला गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल

साँफेबगर नगरपालिका –१० बिशालबजारमा रहेको कामधेनु गौशाला संरक्षण तथा सेवा समितिको बैठक शनिवार सम्पन्न भएको छ । समितिका कार्यबहाक अध्यक्ष मोहन कुँवरको अध्यक्षतामा भएको बैठकमा गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल गरिएको छ । बैठकमा गौशाला सचालनका लागी विभिन्न योजनाहरु सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा गाईका लागी भवन निमार्ण, कर्मकाण्ड गर्न कुण्ड निमार्ण, आश्राम निमार्ण, स्थानीय कृषकहरुका लागी बालि तथा तरकारी खेतिका लागी सुपथमा मल निमार्ण तथा वितरण,गोअर्क उत्पादन तथा प्रचार,गाई हेरालोको व्यवस्थापन, दुधजन्य बस्तुको उत्पादन तथा बजारीकरण,गोबरबाट दियो धुप,गुई निमार्ण गरी निर्यात गर्ने,लोप उन्मुख नौमुठे गाउँको संरक्षण लगायतका योजनाहरुको रहेका छन् । बैठकमा पुर्व जिविस सभापति भरत कुमार स्वार, जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर, नेपाली कांग्रेसका क्षेत्रिय सभापति कृष्ण बुढा, वडा अध्यक्ष हिक्मत कडायत, ललित बोगटी, एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम कुँवर,व्यापारी तथा समाजसेवि चन्द्र भण्डारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन गोरख महताले गरेका थिए ।

कामधेनु गौशाला संरक्षण तथा सेवा समिति नगरपालिकामा २०७७ साल माघ १० गते नगरपालिकामा र २०८१ पुष १६ गते जिल्ला प्रशासन कार्यालयमा विधिबत् रुपमा दर्ता भई संचालनमा रहेको छ । गौशालामा हालसम्म २६ गाई रहेका छन् ।

प्रतिक्रिया