Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

त्रिविमा आज स्ववियु चुनाव

त्रिविमा आज स्ववियु चुनाव

विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । मङ्गलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुने भएको हो ।  

हरेक दुई वर्षको अन्तरालमा हुनुपर्ने यस्तो निर्वाचन आन्तरिक विवादका कारण केही क्याम्पसमा भने १६ वर्षपछि मात्रै हुँदै छ । केही बाहेक त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । त्यसअघि भने २०६५ सालमा मात्रै निर्वाचन भएको थियो । 

पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भने दुई वर्षअघि पनि निर्वाचन हुन सकेको थिएन । त्यहाँ २०६५ सालपछि बल्ल निर्वाचन हुन लागेको छ । यस पटक पनि विद्यार्थी सङ्गठनकै विवादका कारण त्रिविका ६३ वटा आङ्गिकमध्ये केहीमा भने ५ गते निर्वाचन नहुने भएको छ । 

सम्बन्धनप्राप्तमध्ये सबैजसो क्याम्पसमा निर्वाचन हुन लागेको तर यकिन तथ्याङ्क नआएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताउनुभयो । उहाँका अनुसार निर्वाचन रोकिएका क्याम्पसमा पनि एक दुई दिनमै निर्वाचन गर्ने गरी छलफल चलिरहेको छ । 

निर्वाचन हुन नसकेका क्याम्पसमध्ये अधिकांशमा तालाबन्दी छ । निर्वाचन निर्देशिका अनुसार प्रव्रिmया बिथोलिएका सबै क्याम्पसमा चैत २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ । राजनीतिक दलको नर्सरी मानिने विद्यार्थी सङ्गठनबिच हुने स्ववियु निर्वाचनलाई राष्ट्रिय राजनीतिको प्रवेश बिन्दुका रूपमा पनि चिनिन्छ । केही विश्वविद्यालयले स्ववियु निर्वाचन सम्पन्न गरिसकेका छन् भने केहीले भने निर्वाचन तयारी गरिरहेका छन् । 

निर्वाचन हुने क्याम्पसमध्ये अधिकांशमा विद्यार्थी सङ्गठनले एक–अर्काबिच तालमेल गरेर प्यानल बनाएका छन् । केहीमा भने मुख्य सङ्गठनले एक्लाएक्लै चुनाव लड्ने गरी प्यानल बनाएका छन् । 

प्रतिक्रिया