Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

त्रिविमा आज स्ववियु चुनाव

त्रिविमा आज स्ववियु चुनाव

विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । मङ्गलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुने भएको हो ।  

हरेक दुई वर्षको अन्तरालमा हुनुपर्ने यस्तो निर्वाचन आन्तरिक विवादका कारण केही क्याम्पसमा भने १६ वर्षपछि मात्रै हुँदै छ । केही बाहेक त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । त्यसअघि भने २०६५ सालमा मात्रै निर्वाचन भएको थियो । 

पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भने दुई वर्षअघि पनि निर्वाचन हुन सकेको थिएन । त्यहाँ २०६५ सालपछि बल्ल निर्वाचन हुन लागेको छ । यस पटक पनि विद्यार्थी सङ्गठनकै विवादका कारण त्रिविका ६३ वटा आङ्गिकमध्ये केहीमा भने ५ गते निर्वाचन नहुने भएको छ । 

सम्बन्धनप्राप्तमध्ये सबैजसो क्याम्पसमा निर्वाचन हुन लागेको तर यकिन तथ्याङ्क नआएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताउनुभयो । उहाँका अनुसार निर्वाचन रोकिएका क्याम्पसमा पनि एक दुई दिनमै निर्वाचन गर्ने गरी छलफल चलिरहेको छ । 

निर्वाचन हुन नसकेका क्याम्पसमध्ये अधिकांशमा तालाबन्दी छ । निर्वाचन निर्देशिका अनुसार प्रव्रिmया बिथोलिएका सबै क्याम्पसमा चैत २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ । राजनीतिक दलको नर्सरी मानिने विद्यार्थी सङ्गठनबिच हुने स्ववियु निर्वाचनलाई राष्ट्रिय राजनीतिको प्रवेश बिन्दुका रूपमा पनि चिनिन्छ । केही विश्वविद्यालयले स्ववियु निर्वाचन सम्पन्न गरिसकेका छन् भने केहीले भने निर्वाचन तयारी गरिरहेका छन् । 

निर्वाचन हुने क्याम्पसमध्ये अधिकांशमा विद्यार्थी सङ्गठनले एक–अर्काबिच तालमेल गरेर प्यानल बनाएका छन् । केहीमा भने मुख्य सङ्गठनले एक्लाएक्लै चुनाव लड्ने गरी प्यानल बनाएका छन् । 

प्रतिक्रिया