Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मी पठाएकाे पिसिआर मेसिन नक्कली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मी पठाएकाे पिसिआर मेसिन नक्कली

गुल्मी- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृह जिल्लामा हस्तान्तरण गरेको पिसिआर मेसिन बेकामे भएर काठमाडौ फिर्ता गरिएको छ ।

मन्त्री ज्ञवालीले हेलिकोप्टरमा तामझाम सहित ल्याएको पिसिआर मेसिन नै बेकामे, मर्मत पनि नहुने भएकाले काठमाडौ फिर्ता गरिएकाे छ । ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन ।

मन्त्री ज्ञवालीले कामै नलाग्ने मेसिन ल्याएको र मर्मत गर्ने अनेक प्रयास गर्दा पनि नभएपछि मेसिन नै काठमाडौ फिर्ता गरिएको हो ।
झण्डै एक महिना लगाएर पनि बनाउन नसकिने अवस्थाको मेसिन गत साउन ३ गते भव्य कार्यक्रम गरेर जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरणपछि प्रयोगमा आउला भनेर प्रतिक्षा गर्दा गर्दै आम नागरिक निराश भएपछि सोधिखोजी गर्दा विग्रिएको, पाटपुर्जा नै नभएको र काम नलाग्ने मेसिन ल्याएर दिएको पुष्टि भएको हो ।

मन्त्रीले दिएको मेसिन प्रयोगमा नल्याएको भन्दै जनताले शुरुमा नगरपालिकाका मेयर डिल्लीराज भुसालप्रति आक्रोश व्यक्त गरेका थिए । तर मन्त्रीले काम नलाग्ने मेसिन दिएकाले आफुले प्रयोगमा ल्याउन नसकेको जवाफ उनले दिने गरेका थिए ।

उनले पाटपुर्जा पुरा नै नभएको मेसिन ल्याइदिएकाले आफुले गाली खानु परेको भन्दै मन्त्री ज्ञवालीसँग पनि आक्रोश पोखेका थिए ।

मन्त्री ज्ञवालीले दिएको भनिएको सो पिसिआर मेसिनका लागि दुई नगरपालिकाबाट ३० लाख र दश गाउँपालिकाबाट एक करोड गरी कुल एक करोड तीस लाख रकम संकलन गरिएको थियो ।
जनतालाई काम देखाउन र कामको श्रेय लिन मन्त्री ज्ञवालीस्वयम उक्त पिसिआर मेसिन काठमान्डौदेखि हेलिकेप्टर मार्फत् सदरमुकाम तम्घास ल्याएका थिए ।

मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको बताएको थियो ।

पुरा पाटपुर्जा नै नभएको मेसिन बनाउनका लागि नगरपालिकाले शुरुमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र त्यसपछि काठमाडौबाट स्वास्थ्य प्राविधिकहरुको टोली ल्याएको थियो ।

ती सवै प्राविधिकहरुले पिसिआर मेसिनमा अत्यावश्यक पाटपुर्जाहरु नै नभएकाले यो मेसिन काम नलाग्ने र यहाँ बनाउन पनि नसकिने भएकाले काठमाडौ फिर्ता गर्नुभनेर सुझाव दिएका थिए ।

अपुरो मेसिनलाई गुल्मीमै मर्मत गर्ने प्रयास एक महिनासम्म पनि सफल नभएपछि केही दिन अगाडि मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले सो मेसिन काठमाण्डौ लगेका छन् ।
रेसुङ्गा नगरपालिका मेयर भुसालले गुल्मीमै मर्मत गर्न नसकिएकाले मेसिन काठमाडौ फिर्ता गर्नुपरेको बताए ।

उनले प्राविधिक र उपकरणहरु उपलब्ध भएमा पिसिआर मेसिन फेरी गुल्मी ल्याएर संचालन गर्न अझै १५ दिन लाग्न सक्ने जानकारी दिए ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पच्याले पनि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमान्डौबाट आएको स्वास्थ्य प्राविधिकहरुको टोलीले आवश्यक पर्ने उपकरणहरु नभएको भनेकाले त्यो मेसिन काठमान्डौ पठाईएको बताए । उनले अब त्यही मेसिन आउँछ की अर्कोमेसिन आउँछ भन्ने बारेमा आफुलाई जानकारी नरहेको जवाफ दिएका छन् ।

त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले पनि मेसिनमा विभिन्न पाटपुर्जा जडान गर्न काठमाण्डौ पठाईएको पुष्टि गरेका छन् ।

मन्त्री ज्ञवालीले काम नलाग्ने मेसिन तामझामका साथ दिएको देखाएर जनताको भावना र विश्वास माथी खेलवाड गरेको काँग्रेसको टिप्पणी छ ।
काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जनताको रकमबाट मन्त्री ज्ञवालीले नक्कली पिसिआर मेसिन किनेर जनता ठग्न खोजेको टिप्पणी गरे ।

उहाँले कम्युनिष्टहरु कामभन्दा प्रचार बढी गर्छन र सेवाभन्दा स्वार्थ हेर्छन भन्ने पुष्टि भएको दावी पन्थीले गरेका छन् ।
मन्त्रीले नै हेलिकोप्टरमा ल्याएर अत्यधिक प्रचारप्रसारका साथ हस्तान्तरण गरिएको मेसिन काम नलाग्ने रहेको थाहा पाएपछि जिल्लावासी अहिले निराश भएका छन् भने देशैभरी चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया