Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ३१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

परराष्ट्रमन्त्री राणाद्वारा युक्रेनी विदेशमन्त्रीसँग वार्ता, सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्री राणाद्वारा युक्रेनी विदेशमन्त्रीसँग वार्ता, सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँ दिल्लीमा रहेका उनीहरूबीच आज सो भेटवार्ता भएको हो । उक्त भेटघाटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाली नागरिक एसियाली सेनामा भर्ना हुन पाउने नीति नेपालको नरहेको स्पष्ट गर्दै युद्धबन्दीका रूपमा रहेका ती सातजना नेपालीलाई यथाशक्य छिटो मुक्त गरिदिन अनुरोध गरिन् ।

उनले मानव तस्करको फन्दामा परी नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती रुसी सेनामा भर्ना भई कार्यरत रहेकै अवस्थामा हाल युक्रेनी सेनाको नियन्त्रणमा रहेका सात नेपालीको रिहाइका लागि युक्रेनी विदेशमन्त्रीमार्फत युक्रेन सरकारसँग आग्रह गरिन् ।

सो अवसरमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का  लागि संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको सदस्य लगायतमा उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह पनि गरिन् ।

भेटघाटका अवसरमा नेपाल र युक्रेनका सरकारी एवं कूटनीतिक राहदानी वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   

 

प्रतिक्रिया