Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

आर्थिक अभावका कारण बयालपाटा अस्पतालको सेवा रोकिने अवस्थामा

आर्थिक अभावका कारण बयालपाटा अस्पतालको सेवा रोकिने अवस्थामा

अछामको बयालपाटा अस्पताल जुनसुकै बेला सेवा रोकिन सक्ने जनाएको छ। अस्पतालको जन प्रशासन विभागले मंगलबार एक सूचना जारी गर्दै अस्पतालबाट प्रवाह सेवा उपयुक्त व्यवस्थापनका लागि आर्थिक संकटको सामना गरिरहनु परेकोले  यस प्रतिकुल परिस्थितिमा अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्न नसकेको जनाएको छ।

आर्थिक अभावका कारण बिरामीहरुलाई आवश्यक पर्ने औषधी, ल्याब तथा अन्य स्वास्थ्य सामाग्रीहरुको खरीद, भण्डारण तथा आपुर्ति गर्न समेत कठिनाई भईरहेको सेवाग्राहीहरुलाई समय भित्र स्वास्थ्य चेकजाँच गर्न तथा आवश्यकता अनुसार सबै औषधी उपलब्ध गराउन समस्या सृजना हुदै आईरहेको सूचनामा उल्लेख गरेको छ।

अस्पतालमा आवश्यक जनशक्तिको अभावका कारण उपचारका लागि आज अस्पताल आएका विरामीहरुले आजै उपचार सेवा प्राप्त गर्न नसके पुनः भोलि अस्पताल आउनु पर्ने वाध्यात्मक परिस्थिति निम्तन सक्ने ,आवश्यक जनशक्ति अभावका कारण आफ्‌ना सेवाग्राहीहरुलाई समय भित्र उपचार सेवा उपलब्ध गराउनका लागि निम्तन सक्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया