Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कञ्चनपुरका आठ कलेजमा स्ववियु निर्वाचन, कहाँ को विजयी ?

कञ्चनपुरका आठ कलेजमा स्ववियु निर्वाचन, कहाँ को विजयी ?

धनगढी । कञ्चनपुरका आठ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । दुई क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएकोमा छ क्याम्पसमा निर्वाचन भएको छ । आठमध्ये पाँचमा नेविसंघ, दुईमा अखिल क्रान्तिकारी र एकमा अनेरास्ववियु विजयी भएका छन् ।

बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसीको नेतृत्वमा नेविसंघको प्यानल विजयी भएको छ । दोधाराचाँदनीस्थित भानु बहुमुखी क्याम्पसमा सुवास नेगीको नेतृत्वमा नेविसंघकै प्यानल विजयी भएको छ । पुनर्वासस्थित जनता क्याम्पसमा नेविसंघका विकास खड्काको सभापतित्वमा प्यानल निर्वाचित भएको छ । कृष्णपुरस्थित कञ्चन बहुमुखी क्याम्पस गुलरियामा सुनिल ऐरको नेतृत्वमा नेविसंघको प्यानल विजयी भएको छ ।
 
बेलौरीमा रहेका महाकाली बहुमुखी क्याम्पस र रामपुर बहुमुखी क्याम्पसमा भने अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । महाकालीमा दीपक चौधरी र रामपुरमा रविना रानाको सभापतित्वमा क्रान्तिकारीको प्यानल निर्वाचित भएको हो । रामपुर बहुमुखी क्याम्पसमा सभापति बाहेक अन्य पदाधिकारी र सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 
 
यसअघि, झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघले निर्विरोध नेतृत्व पाएको थियो । सभापतिमा करनप्रसाद भट्ट निर्विरोध भएका थिए । दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध भएको थियो । त्यहाँ सभापतिमा बिमला रावल निर्विरोध भएकी थिइन् ।
 
यसपटक सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, जनज्योति बहुमुखी क्याम्पस, घटाल बहुमुखी क्याम्पस, उदयसरस्वती बहुमुखी क्याम्पस, वारिधी कलेज, बालजागृति कलेज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेन । केही क्याम्पसहरूले स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बढाउन सकेनन् भने केहीमा विभिन्न विद्यार्थी संघसंगठनहरूले तालाबन्दी छ ।
 

प्रतिक्रिया