ताजा अपडेट
कञ्चनपुरका आठ कलेजमा स्ववियु निर्वाचन, कहाँ को विजयी ?
धनगढी । कञ्चनपुरका आठ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । दुई क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएकोमा छ क्याम्पसमा निर्वाचन भएको छ । आठमध्ये पाँचमा नेविसंघ, दुईमा अखिल क्रान्तिकारी र एकमा अनेरास्ववियु विजयी भएका छन् ।
बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसीको नेतृत्वमा नेविसंघको प्यानल विजयी भएको छ । दोधाराचाँदनीस्थित भानु बहुमुखी क्याम्पसमा सुवास नेगीको नेतृत्वमा नेविसंघकै प्यानल विजयी भएको छ । पुनर्वासस्थित जनता क्याम्पसमा नेविसंघका विकास खड्काको सभापतित्वमा प्यानल निर्वाचित भएको छ । कृष्णपुरस्थित कञ्चन बहुमुखी क्याम्पस गुलरियामा सुनिल ऐरको नेतृत्वमा नेविसंघको प्यानल विजयी भएको छ ।
बेलौरीमा रहेका महाकाली बहुमुखी क्याम्पस र रामपुर बहुमुखी क्याम्पसमा भने अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । महाकालीमा दीपक चौधरी र रामपुरमा रविना रानाको सभापतित्वमा क्रान्तिकारीको प्यानल निर्वाचित भएको हो । रामपुर बहुमुखी क्याम्पसमा सभापति बाहेक अन्य पदाधिकारी र सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
यसअघि, झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघले निर्विरोध नेतृत्व पाएको थियो । सभापतिमा करनप्रसाद भट्ट निर्विरोध भएका थिए । दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध भएको थियो । त्यहाँ सभापतिमा बिमला रावल निर्विरोध भएकी थिइन् ।
यसपटक सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, जनज्योति बहुमुखी क्याम्पस, घटाल बहुमुखी क्याम्पस, उदयसरस्वती बहुमुखी क्याम्पस, वारिधी कलेज, बालजागृति कलेज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेन । केही क्याम्पसहरूले स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बढाउन सकेनन् भने केहीमा विभिन्न विद्यार्थी संघसंगठनहरूले तालाबन्दी छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया