ताजा अपडेट
डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघ विजयी, सभापतिमा ऐर
डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गौरव ऐर विजयी भए । उनले कूल खसेको ३७५ मध्ये १८४ मत पाए ।
उनको प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापतिमा लडेका थिए । नेविसंघ (वीपी) का बोहरालाई एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियुको समर्थन रहेको थियो । बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत पाए ।
यस्तै स्ववियु सचिवमा नेविसंघकै बिन्दु साउद र कोषाध्यक्षमा सृजना बिष्ट निर्वाचित भएका छन् । पाँच सय ५२ विद्यार्थी रहेको उक्त क्याम्पसमा तीन सय ७५ मत खसेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया