Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीको ऐश्वर्यमा नेविसंघले विरासत फर्कायो, सभापतिमा भट्ट

धनगढीको ऐश्वर्यमा नेविसंघले विरासत फर्कायो, सभापतिमा भट्ट

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  विरासत फर्काएको छ । कैलालीको धनगढीमा रहेको उक्त क्याम्पसमा  झण्डै डेढ दसकपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो ।

निर्वाचन समितिका प्रमुख खेमराज पन्तका अनुसार स्ववियु सभापतिमा नेविसंघका दीपकराज भट्ट विजयी भएका छन् । उनले ५३३ मत पाए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाए ।

यस्तै सचिवमा देवेन्द्र बोहरा ५५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५६९ मत पाएर विजयी भएका छन् । उनीहरु दुबै पनि नेविसंघ नेतृत्वकै प्यानलका हुन् । दुई हजार एक सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएकाे मतदानमा एक हजार ४०३ मत खसेेकाे थियाे । ऐश्वर्यमा यसअघि तीन पटक स्ववियु निर्वाचन भएको छ ।

डेढ दसकअघि भएको स्ववियु निर्वाचनमा नेविसंघकै राजेन्द्र भट्ट सभापति निर्वाचित भएका थिए । दोस्रोपटक भएको स्ववियु निर्वाचनमा सभापतिमा राप्रपा निकट विद्यार्थी संघका कमल बम विजयी भए । सभापतिबाहेक सबै पदमा भने नेविसंघ विजयी भएको थियो ।

तेस्रोपटक ०७९ मा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी भएको थियो । अनेरास्ववियुका कुबेर खड्का सभापतिमा विजयी भएका थिए । डेढ दसकपछि ऐश्वर्य जित भएपछि नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले ऐतिहासिक जित भएको बताएका छन् । 

प्रतिक्रिया