Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा एसईईको तयारी पूरा, कुन जिल्लाबाट कति विद्यार्थी ?

सुदूरपश्चिममा एसईईको तयारी पूरा, कुन जिल्लाबाट कति विद्यार्थी ?

यसवर्ष सुदूरपश्चिम प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५८ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । ७ चैतदेखि सुरु हुने परीक्षामा ५८ हजार ९४३ विद्यार्थी सहभागी हुने भएका हुन् । 

शिक्षा विकास निर्देशनालय दीपायलका अनुसार ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र एसईई परीक्षमा सहभागी हुन लागेका हुन् । साधारणतर्फ ४३ हजार ९२३, प्राविधिक धारतर्फ दुई हजार ९२ र ग्रेड बृद्धितर्फ १२ हजार ९२८ विद्यार्थी एसईईमा सहभागी हुने निर्देशनालयका महानिर्देशक दुर्गादत्त बिष्टले जानकारी दिए । 

उनका अनुसार एसईईका लागि प्रदेशभर दुई सय २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढी १९ हजार ४८८ विद्यार्थी रहेका छन् ।

यस्तै, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा पाँच हजार ३६२, २६ केन्द्र रहेको अछाममा पाँच हजार २९, १५ केन्द्र रहेको डोटीमा चार हजार ६२ विद्यार्थी, २० केन्द्र रहेको बझाङ्गमा चार हजार ६४४, १७ केन्द्र रहेको दार्चुलामा तीन हजार ३७, १७ केन्द्र रहेको बाजुरामा तीन हजार १८ विद्यार्थी र १३ परीक्षा केन्द्र रहेको डडेल्धुरा दुई हजार ८०२ विद्यार्थी एसईईमा सहभागी हुन लागेका छन् ।

महानिर्देशक  बिष्टका अनुसार नौवटै जिल्लामा परीक्षाको तयारी पूरा भएको छ । परीक्षा निष्पक्ष, भयरहित र शान्त वातावरण सम्पन्न गर्न तयारी पूरा भएको उनले बताए । शिक्षा विकास निर्देशनालय अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परिक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापनलगायतका काम सम्पन्न भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार ७ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । 

प्रतिक्रिया