Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०२ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिममा एसईईको तयारी पूरा, कुन जिल्लाबाट कति विद्यार्थी ?

सुदूरपश्चिममा एसईईको तयारी पूरा, कुन जिल्लाबाट कति विद्यार्थी ?

यसवर्ष सुदूरपश्चिम प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५८ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । ७ चैतदेखि सुरु हुने परीक्षामा ५८ हजार ९४३ विद्यार्थी सहभागी हुने भएका हुन् । 

शिक्षा विकास निर्देशनालय दीपायलका अनुसार ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र एसईई परीक्षमा सहभागी हुन लागेका हुन् । साधारणतर्फ ४३ हजार ९२३, प्राविधिक धारतर्फ दुई हजार ९२ र ग्रेड बृद्धितर्फ १२ हजार ९२८ विद्यार्थी एसईईमा सहभागी हुने निर्देशनालयका महानिर्देशक दुर्गादत्त बिष्टले जानकारी दिए । 

उनका अनुसार एसईईका लागि प्रदेशभर दुई सय २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढी १९ हजार ४८८ विद्यार्थी रहेका छन् ।

यस्तै, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा पाँच हजार ३६२, २६ केन्द्र रहेको अछाममा पाँच हजार २९, १५ केन्द्र रहेको डोटीमा चार हजार ६२ विद्यार्थी, २० केन्द्र रहेको बझाङ्गमा चार हजार ६४४, १७ केन्द्र रहेको दार्चुलामा तीन हजार ३७, १७ केन्द्र रहेको बाजुरामा तीन हजार १८ विद्यार्थी र १३ परीक्षा केन्द्र रहेको डडेल्धुरा दुई हजार ८०२ विद्यार्थी एसईईमा सहभागी हुन लागेका छन् ।

महानिर्देशक  बिष्टका अनुसार नौवटै जिल्लामा परीक्षाको तयारी पूरा भएको छ । परीक्षा निष्पक्ष, भयरहित र शान्त वातावरण सम्पन्न गर्न तयारी पूरा भएको उनले बताए । शिक्षा विकास निर्देशनालय अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परिक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापनलगायतका काम सम्पन्न भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार ७ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । 

प्रतिक्रिया

ट्रेन्डिङ