ताजा अपडेट
सात प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा अछाममा आनन्द सारु आउने
गृह मन्त्रालयले अछाम सहित ७ प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो।
गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन्। उनी उपसचिव हुन्। गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया