ताजा अपडेट
धनगढीमा २१ वर्षीया युवती बलात्कृत
कैलालीको धनगढीमा २१ वर्षीया युवतीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित बी गाउँका २४ वर्षीय राजेश बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार सोही ठाउँकी २१ वर्षीया युवतीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
‘उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ नै बिष्टलाई पक्राउ गरेका थियौं,’ डीएसपी बोहराले भने, ‘अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको छ ।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया