ताजा अपडेट
वैद्यनाथको अध्यक्षमा गोकुल भाट नियुक्त
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्त भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार साँफेबगर नगरपालिका वडा ७ रिडिकोटका भाट अध्यक्षमा नियुक्ति भएका हुन्। भाटले यस अघि वैद्यनाथ क्षेत्र विकास संस्थाको सहअध्यक्ष भएर काम गरिसकेका छन्। भाट नेपाली कांग्रेस अछामको जिल्ला कार्यसमिति सदस्य छन्।
यस्तै समितिको सदस्यमा साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका लक्ष्मी शाह, पूर्णनाथ योगी, वडा नं.४ मष्टमाडौंका समुन्द्रा लुहार, वडा नं.५ नवाठानाका नैनसिंह थलारी, वडा नं.९ वुढाकोटका पुष्पराज भट्ट, चौरपाटी गाउँपालिका वडा नं.४ पायलका मोहन वोहरा र वडा नं.५ लुंग्राका पूर्ण खड्का नियुक्ति भएका छन्। समितिको कार्यकारी निर्देशकमा भरत कुँवरलाई नै निरन्तरता दिईएको छ।
समितिको पदावधी चार वर्षको हुनेछ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया