ताजा अपडेट
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ अछामको अध्यक्षमा राजेश बाबु बोगटी
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ अछामको अध्यक्षमा राजेश बाबु बोगटी निर्वाचित भएका छन् । संघको प्रथम जिल्ला अधिवेशनले बोगटीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसैगरी संघको उपाध्यक्षमा भक्त ब कुँवर, सचिवमा खडक बिष्ट, कोषाध्यक्षमा सुरत ब कुँवर लगाएत ११ सदस्य सर्वसम्मत निर्वाचित भएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेस समितीका सदस्य महेश खड्काले हाम्रो बुलेटिनलाई जानकारी दिएका छन ।
आईतबार नेपाली कांग्रेस अछामको पार्टी कार्यालयमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेस समितीका अध्यक्ष रबिन्द्र खड्का को अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस अछामका पूर्व सभापती भरत कुमार स्वाँर, विशिष्ट अतिथि जिल्ला समन्वय समिती प्रमुख ललित बहादुर कुँवर, पूर्व माननिय अक्कल बहादुर बिष्ट, अतिथि नेपाली कांग्रेस अछामका उपसभापती अर्जुन ताम्राकार, नेपाली कांग्रेस अछामका सचिव प्रकाश बहादु साउँद, नेपाली कांग्रेस अछामका महासमिती सदस्य पदमराज अधिकारी, नेपाली कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँर, नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाह, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का सभापती कृष्ण बहादुर बुढा, नेपाली कांग्रेस अछामका महााधिवेशन प्रतिनिधि कृष्ण बहादुर कुँवर लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेस समितीका सचिव भिम बहादुर कुँवरले गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया