ताजा अपडेट
अछाममा करेन्ट लागेर किशोरीको मृत्यु
अछामको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडायतको करेन्ट लागेर मृत्यु भएको छ। सोमबार साँझ करिब ६:५० बजे बाख्रा चराई घर फर्कने क्रममा उनलाई करेन्ट लागेको हो।
अछाम प्रहरीले जनाएअनुसार, राष्ट्रिय प्रसारण लाइनको बिजुली पोलमा रहेका तीन तारमध्ये बीचको तार इन्सुलेटरबाट छुटेर पोलको फलामे भागमा छोइँदा करेन्ट प्रवाह भएको थियो। त्यसै क्रममा पोलको सम्पर्कमा आएर कडायतको घटनास्थलमै मृत्यु भएको हो।
मृतक किशोरी स्थानीय ऐश्वर्य माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया