Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलालीबाट लागूऔषधसहित ५ युवक प्रहरी नियन्त्रणमा

कैलालीबाट लागूऔषधसहित ५ युवक प्रहरी  नियन्त्रणमा

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-९ खक्रौला स्थित चेक पोष्टबाट टीकापुर नगरपालिका-७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र सोही ठाउँ बस्ने २२ वर्षीय संजय बिष्ट लागूऔषधसहित पक्राउ परेका छन्। श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा १ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)  फेला पारी उक्त पदार्थ, स्कुटी र स्कुटी पछाडी बिष्टलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

यस्तै बिशेष सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका-८ स्याउले स्कुलटोल बस्ने २५ वर्षीय सुनिल बम र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश भुल लागूऔषधसहित पक्राउ परेका छन्। बमको घरकोठा खानतलासि गर्दा २ ग्राम २८० मिलिग्राम
खैरो हेरोइनफेला पारी दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका १ बसन्त टोलबाट सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र चौधरीलाई ५० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया