Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलालीबाट लागूऔषधसहित ५ युवक प्रहरी नियन्त्रणमा

कैलालीबाट लागूऔषधसहित ५ युवक प्रहरी  नियन्त्रणमा

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-९ खक्रौला स्थित चेक पोष्टबाट टीकापुर नगरपालिका-७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र सोही ठाउँ बस्ने २२ वर्षीय संजय बिष्ट लागूऔषधसहित पक्राउ परेका छन्। श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा १ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)  फेला पारी उक्त पदार्थ, स्कुटी र स्कुटी पछाडी बिष्टलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

यस्तै बिशेष सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका-८ स्याउले स्कुलटोल बस्ने २५ वर्षीय सुनिल बम र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश भुल लागूऔषधसहित पक्राउ परेका छन्। बमको घरकोठा खानतलासि गर्दा २ ग्राम २८० मिलिग्राम
खैरो हेरोइनफेला पारी दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका १ बसन्त टोलबाट सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र चौधरीलाई ५० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया