Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एजेन्डा र विचार नमिलेपछि विपक्षी दलको बैठकमा राप्रपालाई बोलाइएन: प्रचण्ड

एजेन्डा र विचार नमिलेपछि विपक्षी दलको बैठकमा राप्रपालाई बोलाइएन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेन्डा र विचार नमिलेकाले बुधबारको विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नबोलाएको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले कुलमान हटाएको विरोधमा भने मत मिलेको बताएका छन्।

‘उहाँहरूको एजेन्डा र विचार नमिलेको भएर आज बोलाइएन। अहिले कुलमान घिसिङ हटाएको विरोधमा कुरा मिलेकै छ। हामी सँगै छौं,’ उनले भने।

आज बसेको संविधान र गणतन्त्र पक्षधर विपक्षी दलको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा सदनमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो। आजको बैठमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी सहभागी थिए।

बैठकको निर्णयानुरूप नै उनीहरू सदनमा प्रस्तुत भएका थिए। 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलले घिसिङ हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ नदिएसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेका थिए। विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक बिहीबारसम्म स्थगित भएको छ।घिसिङलाई बर्खास्त गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा विरोध जनाएको थियो।

 

 

प्रतिक्रिया