Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एजेन्डा र विचार नमिलेपछि विपक्षी दलको बैठकमा राप्रपालाई बोलाइएन: प्रचण्ड

एजेन्डा र विचार नमिलेपछि विपक्षी दलको बैठकमा राप्रपालाई बोलाइएन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेन्डा र विचार नमिलेकाले बुधबारको विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नबोलाएको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले कुलमान हटाएको विरोधमा भने मत मिलेको बताएका छन्।

‘उहाँहरूको एजेन्डा र विचार नमिलेको भएर आज बोलाइएन। अहिले कुलमान घिसिङ हटाएको विरोधमा कुरा मिलेकै छ। हामी सँगै छौं,’ उनले भने।

आज बसेको संविधान र गणतन्त्र पक्षधर विपक्षी दलको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा सदनमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो। आजको बैठमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी सहभागी थिए।

बैठकको निर्णयानुरूप नै उनीहरू सदनमा प्रस्तुत भएका थिए। 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलले घिसिङ हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ नदिएसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेका थिए। विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक बिहीबारसम्म स्थगित भएको छ।घिसिङलाई बर्खास्त गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा विरोध जनाएको थियो।

 

 

प्रतिक्रिया