Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरमा पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमण विरूद्ध प्रदर्शन

साँफेबगरमा पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमण विरूद्ध  प्रदर्शन

पत्रकारको हत्या, सञ्चार गृहमा आगजनी तथा तोडफोट र पत्रकारलाई कुटपिट गरेको विरोधमा कृयाशिल पत्रकार अछामले विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान साँफेबगरमा विरोध प्रदर्शन गरेका हुन।साँफेबगर नगरपालिका गेटबाट प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकार माथिको हत्या हिंसा बन्द गर लगायतका नारा , विभिन्न प्ले कार्ड सहित जिप पार्कमा कोण सभामा परिणत भएको थियोे ।

कोण सभालाई सम्बोधन गर्दै पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिवराज खत्रीले आन्दोलनलाई अराजकता बनाएर आगजनी गर्ने, तोडफोड गर्ने, पत्रकार र आक्रमण गरि ज्यान मार्ने हरुलाई कारवाहिको दायरामा ल्याउन आग्रह गरे।बिरोध गर्ने छुटसबैलाई भएको तर बिरोध र आन्दोलनका नाममा पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने कुटपिट गर्ने कार्य कसैलाई नभएको बताए । काठमाडाैमा शुक्रवार राजावादीको प्रदर्शनका क्रममा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको  थियो । तिनकुने स्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी  रजकको मृत्यु भएको हो । प्रदर्शनकारी हरुले अन्नपूर्ण पोस्ट कार्यालय र कान्तिपुर टेलििभजन काे कार्यालयमा तोड फोड साथै आगजनी गरेका छ्न

प्रतिक्रिया