Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अडियो बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

अडियो  बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजिनामा दिएका छन । मन्त्री चौधरीले कुनै काठ व्यवशायीसँग रकम लेनदेनको बारेमा गरेको अडियो सार्वजनिक भएको छ । सो अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले पत्रकार सम्मेलन गर्दै आज पदबाट राजिनामा दिएका छन । मन्त्री चौधरीले नैतिकताको हिसाबले पदबाट राजिनामा दिएको बताएका छन ।

मन्त्री चौधरीले घटनाको सत्यतथ्य छानविन गरी दोषी भए कानूनी कारवाहीको भागेदार हुने समेत बताएका छन । ‘मेरो पनि राजनीतिक करिअर छ । नैतिकताको हिसाबले राजिनामा दिन्छु’ उनले भने–‘सत्यतथ्य छानविन होस सजाय भोग्न तयार छुँ ।’ उनले हालै भएको राजनीतिक नियुक्ती प्रति असन्तुष्ठ पक्षले आफ्नो चरित्र हत्या गर्न सुनियोजित षडयन्त्र गरेको आरोप लगाए ।

मन्त्री चौधरीले घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको कुनै संलग्नता नरहेको बताए । उनले मुख्यमन्त्रीले भनेकै आधारमा आफू राजिनामा दिन तयार भएको बताए । उनले सो घटना भदौ महिना तिर भएको जानकारी दिए । उनले केही व्यक्तिले काठ व्यवशायीसँग कुराकानी गर्न लगाएको बताए । ‘म भरखर मन्त्री भएको थिए । मेरै साथीहरुले कुराकानी गर्न लगाए’ उनले भने–‘त्यतिबेला मलाई मन्त्रालयका बारेमा जानकारी थिएन ।मन्त्री चौधरीले अडियो रेकर्ड गर्ने आफ्नै पार्टीका कार्यकर्ता रहेको बताए ।

प्रतिक्रिया