Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अडियो बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

अडियो  बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजिनामा दिएका छन । मन्त्री चौधरीले कुनै काठ व्यवशायीसँग रकम लेनदेनको बारेमा गरेको अडियो सार्वजनिक भएको छ । सो अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले पत्रकार सम्मेलन गर्दै आज पदबाट राजिनामा दिएका छन । मन्त्री चौधरीले नैतिकताको हिसाबले पदबाट राजिनामा दिएको बताएका छन ।

मन्त्री चौधरीले घटनाको सत्यतथ्य छानविन गरी दोषी भए कानूनी कारवाहीको भागेदार हुने समेत बताएका छन । ‘मेरो पनि राजनीतिक करिअर छ । नैतिकताको हिसाबले राजिनामा दिन्छु’ उनले भने–‘सत्यतथ्य छानविन होस सजाय भोग्न तयार छुँ ।’ उनले हालै भएको राजनीतिक नियुक्ती प्रति असन्तुष्ठ पक्षले आफ्नो चरित्र हत्या गर्न सुनियोजित षडयन्त्र गरेको आरोप लगाए ।

मन्त्री चौधरीले घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको कुनै संलग्नता नरहेको बताए । उनले मुख्यमन्त्रीले भनेकै आधारमा आफू राजिनामा दिन तयार भएको बताए । उनले सो घटना भदौ महिना तिर भएको जानकारी दिए । उनले केही व्यक्तिले काठ व्यवशायीसँग कुराकानी गर्न लगाएको बताए । ‘म भरखर मन्त्री भएको थिए । मेरै साथीहरुले कुराकानी गर्न लगाए’ उनले भने–‘त्यतिबेला मलाई मन्त्रालयका बारेमा जानकारी थिएन ।मन्त्री चौधरीले अडियो रेकर्ड गर्ने आफ्नै पार्टीका कार्यकर्ता रहेको बताए ।

प्रतिक्रिया