ताजा अपडेट
नेकपा एस निकट अनेरास्वीयु द्धारा अछामको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी
अछामको साँफेबगर नगरपालिका – ८ बयालपाटामा रहेको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववीयुले विभिन्न माग राख्दै मंगलबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसमा आगामी चैत २७ गते निर्वाचन तोकिएकोमा क्याम्पस प्रशासन तथा निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीप्रति असहमती र आपत्ति जनाउँदै अनेरास्वीयुले तालाबन्दी गरेको हो ।
नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववीयुका अध्यक्ष सुन्दर ठकुल्ला द्धारा हस्ताक्षरीत विज्ञप्तीमा क्याम्पस प्रशासन तथा निर्वाचन मण्डलले कुनै एकल संगठनलाई निर्वाचित गर्ने ढंगले अवैध रुपमा विद्यार्थि भर्ना गरेको उल्लेख गरीएको छ । साथै विज्ञप्तीमा जिल्ला भरीका क्याम्पसहरुमा अन्य संगठनले गरेको तालाबन्दीको समस्या समाधान नहुन्जेल सम्म नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववीयुले निर्वाचनका कुनैपनि प्रक्रियामा सहभागि नहुने जानकारी गराएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया