Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ

नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ

पाटन अस्पतालकी एक नर्सलाई पक्राउ गरी प्रहरीले नवजात शिशु बिक्रीमा सघाएको अभियोग लगाएको छ । ५९ वर्षिय नर्स लक्ष्मीदेवी तुलाधरलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर मुद्दा दायर गरेको हो ।

प्रेमसम्बन्धमा रहेकी एक १७ वर्षिय किशोरीले गत महिना पाटन अस्पतालमा बच्चा जन्माएकी थिइन् । उनै नर्स तुलाधरको सहयोगमा किशोरीका प्रेमीले बच्चा बिक्री गरेका हुन् ।

जसमा नर्ससहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा नर्स तुलाधर बुधबार धरौटीमा छुटेकी छिन् । सो बच्चा बलात्कारबाट जन्मिएको भन्दै बलात्कारको मुद्दा समेत दायर भएको छ ।

अछामको रामारोशन घर भएका दिपक साउदमाथि बलात्कारको मुद्दा दायर भएको हो । साउद उनै व्यक्ति हुन् जो दुई साताअघि पाटन अस्पतालकै शौचालयबाट भागेकोमा प्रहरीले पछि कञ्चनपुरबाट पक्राउ गरी ल्याएको थियो ।

ओभरसियरसम्बधि विषयमा ललितपुरमा अध्ययनरत एक किशोरीसँग सम्बन्ध राखेर गर्भवती बनाएको अभियोग साउदमाथि छ । पछि बच्चा जन्माएरपछि अस्पतालमै उनले बिक्री गर्न खोजेका थिए ।

नर्सले बच्चा बिक्रीका लागि ६८ वर्षिय सुरेन्द्रबहादुर प्रधान भेटाएका थिए। प्रधानले सो बच्चा करिना बस्नेतलाई दिएकी थिइन्। बच्चा दिएवापत प्रधानले ५० हजार रुपैयाँ दिपक साउदलाई दिएका थिए।

पछि किशोरीका परिवारले घटना थाहा पाएपछि प्रहरीमा उजुरी परेको हो । दिपकलाई जिल्ला अदालत, ललितपुरले बुधबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।सुरेन्द्रबहादुरलाई धरौटीमा छाड्ने आदेश भएकोमा धरौटी बुझाउन नभ्याएपछि उनी जेल चलान भएका छन्।

 

प्रतिक्रिया