Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १० असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैद्यनाथ पर्यटन बोर्डका निर्वतमान कार्यसमितीको बिदाई र नव नियूक्त कार्यसमितीको स्वागत

बैद्यनाथ पर्यटन बोर्डका निर्वतमान कार्यसमितीको बिदाई र नव नियूक्त कार्यसमितीको स्वागत

बैद्यनाथ क्षेत्र विकास समितीको आयोजनामा बैद्यनाथ पर्यटन बोर्डका निर्वतमान कार्य समितीको बिदाई र नव नियूक्त कार्य समितीको स्वागत कार्यक्रम सम्पन्न भएको छ । यहि चैत्र ६ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार गोकुल भाटलाई अध्यक्षमा र भरत कुँवरलाई प्रमुख कार्यकारी अधिकृतमा गरिएको थियो ।

स्वागत कार्यक्रमका प्रमुख अतिथी अछामका पूर्व जिल्ला विकास सभापति भरत कुमार स्वाँरले बैद्यनाथ धाम सबैको आस्थाको धरोहर भएकाले बैद्यनाथ धामको विकासका लागि सबैले आ आफ्‌नो ठाउँबाट सकेजतिको भुमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथी साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बैद्यनाथ धामको विकास, आवश्यक पुर्वाधार निर्माणका लागि साँफेबगर नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । त्यस्तै बैद्यनाथ धामको मुख्य समस्याका रुपमा रहको बुढिगंगा नदिको जमिन कटानलाई रोक्न किनार तटबन्धनका लागि आवश्यक बजेट विनियोजन गराउन तर्फ आफु दत्तचित्त भई लागिपरेको नगर प्रमुख कुँवरले बताए । त्यस्तै बैद्यनाथ धाम मात्र नभई बैद्यनाथ धाम लगायत जिमराडि, नैनि संगै साँफेबगर नगरपालिकाका अन्य पर्यटकिय स्थलहरुको पर्यटन प्रवद्धनका लागि आन्तिरीक तथा बाह्य पर्यटक भित्र्याउने हेतुले निकट भविष्यमै विभिन्न कार्यक्रहरु आयोजना गरीने नगर प्रमुख कुँवरले बताए ।

त्यस्तै कार्यक्रमका अतिथि अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले धार्मिक पर्यटकिय क्षेत्रको विकास र प्रबद्धनका लागि तिन तहको सरकारका साथै नागरीकको पनि अहम भुमिका रहने बताए । कार्यक्रममा अर्का वक्ताको रुपमा बैद्यनाथ पर्यटन बोर्डका निर्वतमान अध्यक्ष खड्क बहादुर खड्काले आफुले आफ्‌नो ४ बर्षे कार्यकालमा गरेका कामहरु र ईच्छाशक्तिका बाबजुद बाकि रहेका कामहरुको चुनौति बारे जानकारी गराए । त्यस्तै कार्यक्रममा बोल्दै बैद्यनाथ पर्यटन बोर्डका नव नियूक्त अध्यक्ष गोकुल भाटले आफु कुरा भन्दा काम गरेर देखाउने बताए । भाटले आफ्‌नो कार्यकाल भरी आफ्‌नो क्षमताले भ्याए सम्म कुनै किसिमको अनियमितता हुन नदिने भन्दै बैद्यनाथ धाममा सबैलाई साक्षि राख्दै बाचा समेत गरे । 

बैद्यनाथ क्षेत्र विकास समितीका अध्यक्ष टेक बहादुर कँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिलोज कुँवर, भुमि समस्या समाधान आयोगका अध्यक्ष राम बहादुर आउजि, जिल्ला समन्वय समिती सदस्य नरेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं. ७ का अध्यक्ष हिक्मत कडायत, समाजसेवि कृष्ण बुढा, समाजसेवि प्रकाश शाह लगाएतका वक्ताले मन्तव्य सहितको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य बैद्यनाथ क्षेत्र विकास समितीका सदस्य तपेन्द्र कडायतले राखेका थिए । त्यस्तै कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं. ७ का अध्यक्ष सेतमान कुँवर, समाजसेवी राम बं. कुँवर, रुपा आउजि, अम्बर शाह लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार तपेन्द्र कुँवरले गरेका थिए ।

प्रतिक्रिया