ताजा अपडेट
रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै
धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८२ सालको पुर्वसन्ध्यामा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर आयोजना गर्न लागेको हो । धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी रहेको डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले चैत २८ गतेदेखी ३१ गतेसम्म निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन गर्न लागेको सञ्चालक हरी धामीले बताए । शिविरमा थाइराइड, मधुमेह, कलेजो, मिगौला र थप आवश्यक जाँच समेटिने जनाइएको छ ।

रुद्राक्ष डायग्नोस्टिकले ल्याव सम्बन्धी सम्पुर्ण सुबिधा दिदै आएको छ । डायग्नोस्टिकले सरकारी मुल्यमै ल्यावका सम्पुर्ण सेवा दिइरहेकोे सञ्चालक धामीले बताए । सामान्य सुगर जाँच, बिभिन्न हर्मोन देखी क्यान्सर समेत पत्ता लगाउने उपकरण डायग्नोस्टिकमा छन्, त्यही अनुसारको ल्याव असिस्टेन्ट, टेक्निसियन र बि.एम.एल.टी गरेका दक्ष जनशक्तीबाट सेवा प्रदान गरिरहेको धामीले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया