ताजा अपडेट
रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८२ सालको पुर्वसन्ध्यामा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर आयोजना गर्न लागेको हो । धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी रहेको डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले चैत २८ गतेदेखी ३१ गतेसम्म निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन गर्न लागेको सञ्चालक हरी धामीले बताए । शिविरमा थाइराइड, मधुमेह, कलेजो, मिगौला र थप आवश्यक जाँच समेटिने जनाइएको छ ।
रुद्राक्ष डायग्नोस्टिकले ल्याव सम्बन्धी सम्पुर्ण सुबिधा दिदै आएको छ । डायग्नोस्टिकले सरकारी मुल्यमै ल्यावका सम्पुर्ण सेवा दिइरहेकोे सञ्चालक धामीले बताए । सामान्य सुगर जाँच, बिभिन्न हर्मोन देखी क्यान्सर समेत पत्ता लगाउने उपकरण डायग्नोस्टिकमा छन्, त्यही अनुसारको ल्याव असिस्टेन्ट, टेक्निसियन र बि.एम.एल.टी गरेका दक्ष जनशक्तीबाट सेवा प्रदान गरिरहेको धामीले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
प्रतिक्रिया