Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १० जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  घाइते, टाउकोमा चोट शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितीले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधानका लागी क्षेत्र नं. १ का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि संग छलफल सम्पन्न गरेको छ । नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान एवम् अछाम जिल्ला क्षेत्र नं. १ साँफेबगर नगरपालिकामा रहेको बयालपाटा अस्पतालले झेलिरहेको आर्थिक संकटको समाधानका लागि ठोस निर्णयमा पुग्नका लागी अछाम क्षेत्र नं. १ भरि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का नेता कार्यकर्ताका माझ सामुहिक छलफल गरीएको हो ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का क्षेत्रिय सभापती कृष्ण बहादुर बुढा को अध्यक्षतामा बसेको छलफल कार्यक्रममा अछाम जिल्ला क्षेत्र नंं. १ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पाँच वटै स्थानिय तहका जनप्रतिनिधीहरुलाई बयालपाटा अस्पताललाई आर्थिक अभाव हुन नदिने र आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी लिन निर्देशन दिने भनि निर्णय गरीएको छ । 

छलफल कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस अछामका पुर्व पार्टि सभापती एवम् नेपाली कांग्रेसका महासमिति सदस्य भरत कुमार स्वाँरले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधान गर्न अब नेपाली कांग्रेसले ठोस निर्णय सहित अघाडि बढ्नुपर्ने आवश्यक रहेको बताए । अबका दिनमा केन्द्र र प्रदेस सरकारको मुख ताक्न भन्दा पनि नेपाली कांग्रेसले विजय हासिल गरेका स्थानिय तह र नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिले ठोस निर्णय गर्दै बयालपाटा अस्पताललाई आवश्यक बजेट यथाशिघ्र उपलब्ध गराउनुपर्ने बताएका थिए । 

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रसका महाधिवेशन प्रतिनिधि राजेन्द्र बहादुर कुँवरले अछाम मात्र नभएर अन्य जिल्लाका पनि जनताको स्वास्थ्य संग जोडिएको बयालपाटा अस्पतालको आर्थिक अभाव व्यवस्थापनका लागि साँफेबगर नगरपालिका हर समय तयार रहेको भनि प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै  नगर प्रमुख कुँवरले विगतका दिनमा पनि साँफेबगर नगरपालिकाले बयालपाटा अस्पतालको आर्थिक संकट समाधान गर्न सकेजतिको भुमिका खेलेको र आगामि दिनमा पनिे नगरबाट हुने सहयोगका लागि साँफेबगर नगरपालीका सधै तत्पर रहेका बताए । त्यसैगरी नगर प्रमुख कुँवरले बयालपाटा अस्पताल साँफेबगर नगरपालिकाको समस्या नभएर अछाम जिल्लाकै गौरवको रुपमा रहेको र कसैले पनि व्यक्तिगत प्रचारका लागि बयालपाटा अस्पतालको दुरुपयोग नगर्न अनुरोध गरेका थिए । सकिन्छ सामाजिक मुद्दामा एकजुट भएर अघाडि बढि समस्या समाधान तर्फ लागौं नभए बयालपाटा अस्पताललाई देखाएर स्टन्ट राजनिति नगर्न नगर प्रमुख कुँवरले आग्रह गरेका थिए ।  

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिती सदस्य राम बहादुर कुँवरले बयालपाटा अस्पताल बन्द भयो, बयालपाटा अस्पतालमा स्वास्थ्यकर्मि छैनन् जस्ता कुप्रचार गर्ने गरीएको पाईएको हुँदा त्यस्ता कुप्रचारको खण्डन नेपाली कांग्रेसको हरेक कार्यक्रताले गर्नुपर्ने बताए । साथै कुँवरले अस्पतालको आर्थिक संकट समाधानको अभिभारा स्थानिय जनप्रतिनिधिको काँधमा आईपरेकाले सबैले आफुले सक्दो भुमिका निर्वाह गर्दै अस्पतालको समस्या समाधानमा जोड दिनुपर्ने बताए । कार्यक्रमका संचालक नपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सहसचिव जनक कडायतले बयालपाटा अस्पतालको तथ्यङ्क प्रस्तुत गर्दै साँफेबगर नगरपालिका मात्र नभएर जिल्लाका अरु स्थानिय तहले पनि बयालपाटा अस्पतालको समस्या समाधान गर्ने जिम्मेवारी वहन गर्नुपर्ने बताए । 

अन्तमा कार्यक्रमको समापन गर्दै नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का क्षेत्रिय सभापती कृष्ण बहादुर बुढाले बयालपाटा अस्पतालको आर्थिक समस्या हरेक अछामिको समस्या भएका कारण जनताको हितमा काम गर्न नेपाली कांग्रेसबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले हात कमाउनुपर्ने आवश्यक नरहेको बताए । जनताको हितमा काम गर्दा जनप्रतिनिधिले आलोचना खेप्नुपरे समग्र नेपाली कांग्रेस त्यसको प्रतिवाद गर्न तयार रहेको सभापति कृष्ण बुढाले बताए ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का क्षेत्रिय उपसभापती एवम प्रदेस क का सभापती महेश खड्का को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेस सदस्य रुपा आउजी, नेपाली कांग्रेस अछामका उपसभापती अर्जुन ताम्राकार, नेपाली कांग्रेसका महासमिती सदस्य, टिकाराम खनाल, नेपाली कांग्रेसका महासमिती सदस्य भगवती खनाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अप्सरा कुँवर, लक्ष्मी शाह, नेपाली कांग्रेसका जिल्ला कार्यसमिती सदस्य सुरत कुँवर,  गोकुल भाट, विक्रम बहादुर खड्का, रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्का, चौरपाटि गाउँपालिकाका उपाध्यक्ष सरस्वति खड्का, नेपाली कांग्रेस क्षेत्र न १ का सचिव एवम रामारोशन पर्यटन बोर्डका कार्यकारी अधिकृत पुर्ण बहादुर बि क, नेपाल दलित संघका केन्द्रिय सदस्य टक्कर ताम्राकार, साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिक्मत कडायत, साँफेबगर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कालु सिंह कुँवर ने बि संघका केन्द्रिय सदस्य उमेश कुँवर, अछाम काठमाण्डौ सम्पर्क समिती संयोजक अशोक कुँवर, नेपाल तरुण दल क्षेत्रिय सभापति जनक कडायत, कांग्रेस अछाम क्षेत्र नं. १ का प्रदेस क का सचिव संगिता के.सि. कुवर लताएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया