ताजा अपडेट
जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री
जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त संख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो ।
हालसम्म पुस्तक बिक्रीबाट रु आठ करोड ३१ लाख आम्दानी भएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हामीले यही चैत १७ गतेदेखि पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री सुरु गरेका थियौँ । पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा पाठ्यपुस्तक गइसकेको छ । डोटी र डडेल्धुरामा बाँकी रहेको पाठ्यपुस्तक गइरहेको छ। शैक्षिकसत्र अगावै सबै जिल्लामा पुस्तक पुग्छ ।’
कञ्चनपुरमा चैत २६ गतेदेखि र कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिने उनले जानकारी दिए। उनले भने, ‘पाठ्यपुस्तक पर्याप्त छ। समयमा प्रदेशभरिका सबै जिल्लामा पुर्याउने छौँ ।’ कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रदेशभरि आगामी शैक्षिकसत्र २०८२ का लागि १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ।
उनले हाल कक्षा ३ देखि १० सम्मका पाठ्यपुस्तक बिक्री भइरहेको बताउँदै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि फाट्टफुट्ट बिक्री भइरहेको जानकारी दिए। प्रदेशमा आगामी शैक्षिकसत्रमा रु २५ करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । चालु शैक्षिकसत्रमा रु २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरिएको केन्द्रले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया