Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट

आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट

अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कालु सुनार किस्मत सुनाको सुनचाँदी पसल, रतन साउदको घर, हिमाल साउदको मोबाइल पसल, रति साउदको भाडा पसल, रामबहादुर रावत, मन्जु साउद, रगोकुल साउदको किराना पसल जलेर नष्ट भएको हो। 

आगो नियन्त्रणका लागि मंगलसेन नगरपालिकाबाट दमकल पुगेको छ। आगो नियन्त्रणमा कठिनाई भइरहेको स्थानीयले बताएका छन्। आगो निभाउन पुगेको दमकल बजारभित्र जान नसक्दा जेसिबीले घर भत्काउने काम भइरहेको स्थानीयले जानकारी दिए।

बजारमा स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई पसलमा साँझ ७:२० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। आगो अझै नियन्त्रणमा आउन सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

प्रतिक्रिया