Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

२७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी

२७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ ।बजारका स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई पसलमा साँझ ७:२० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर  सल्केको आगोले भीषण रुप लिएको हो ।

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगो पाँच घण्टापछि राति १२ बजे मात्रै नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीले बान्नीगढी जयगढ गाउँपालिका जेसिबि र मंगलसैन नगरपालिकाको दमकलको सहायताले नेपाल आर्मि, सशस्त्र प्रहरी, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताएका छन् । उनका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । `जयगढ बजारमा रहेका २७ वटा पसल र अन्य घरमा आगलागीले क्षति पुगाएको छ,´ डीएसपी भण्डारीले भने, `धेरै घर र पसल जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार सात करोड बढीको क्षति भएको छ ।´

डीएसपी भण्डारीका अनुसार लामोसमयसम्म आगलागी नियन्त्रण नभएपछि आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउदको घरमाथि ढुङ्गामुडा गरेका थिए । 

प्रतिक्रिया