Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

२७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी

२७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ ।बजारका स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई पसलमा साँझ ७:२० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर  सल्केको आगोले भीषण रुप लिएको हो ।

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगो पाँच घण्टापछि राति १२ बजे मात्रै नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीले बान्नीगढी जयगढ गाउँपालिका जेसिबि र मंगलसैन नगरपालिकाको दमकलको सहायताले नेपाल आर्मि, सशस्त्र प्रहरी, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताएका छन् । उनका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । `जयगढ बजारमा रहेका २७ वटा पसल र अन्य घरमा आगलागीले क्षति पुगाएको छ,´ डीएसपी भण्डारीले भने, `धेरै घर र पसल जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार सात करोड बढीको क्षति भएको छ ।´

डीएसपी भण्डारीका अनुसार लामोसमयसम्म आगलागी नियन्त्रण नभएपछि आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउदको घरमाथि ढुङ्गामुडा गरेका थिए । 

प्रतिक्रिया