Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी

राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ ।

आगलागीबाट भएको प्रारम्भिक क्षतिको मूल्याङ्कनका आधारमा प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्कालका लागि ५० लाख रुपैयाँ राहत स्वरूप बान्नीगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको हो ।

यस निर्णयसँगै आगलागीबाट प्रभावित परिवारहरुलाई राहत पुर्‍याउने, क्षतिको विस्तृत मूल्याङ्कन गर्ने र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक योजना निर्माण गर्न प्रदेश सरकारले तयारी थालेको छ।

सामाजिक विकासमन्त्री मेघराज खड्का स्वयं आज अछामतर्फ प्रस्थान गरिसकेका छन् । मन्त्री खड्का घटनास्थलमै पुगेर स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै राहत तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अछाम आउन लागेका  हुन्।

“यो दुःखद घडीमा सबै राजनीतिक दल, समाजसेवी, युवा, स्वयंसेवक र सँगसँगै आम जनतालाई विपद् व्यवस्थापनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछु,” मन्त्री खड्काको सचिवालयले उल्लेख गरेको छ ।

आगलागीबाट दर्जनौँ घर र पसलमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। विस्तृत विवरण संकलन कार्य जारी छ भने पीडितको तत्काल आवश्यकता सम्बोधन गर्न स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वय तीव्र पारिएको छ ।

प्रतिक्रिया