Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी

राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ ।

आगलागीबाट भएको प्रारम्भिक क्षतिको मूल्याङ्कनका आधारमा प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्कालका लागि ५० लाख रुपैयाँ राहत स्वरूप बान्नीगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको हो ।

यस निर्णयसँगै आगलागीबाट प्रभावित परिवारहरुलाई राहत पुर्‍याउने, क्षतिको विस्तृत मूल्याङ्कन गर्ने र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक योजना निर्माण गर्न प्रदेश सरकारले तयारी थालेको छ।

सामाजिक विकासमन्त्री मेघराज खड्का स्वयं आज अछामतर्फ प्रस्थान गरिसकेका छन् । मन्त्री खड्का घटनास्थलमै पुगेर स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै राहत तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अछाम आउन लागेका  हुन्।

“यो दुःखद घडीमा सबै राजनीतिक दल, समाजसेवी, युवा, स्वयंसेवक र सँगसँगै आम जनतालाई विपद् व्यवस्थापनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछु,” मन्त्री खड्काको सचिवालयले उल्लेख गरेको छ ।

आगलागीबाट दर्जनौँ घर र पसलमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। विस्तृत विवरण संकलन कार्य जारी छ भने पीडितको तत्काल आवश्यकता सम्बोधन गर्न स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वय तीव्र पारिएको छ ।

प्रतिक्रिया