Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ ।

क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको सङ्ख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ ।

निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा कोरोनाका लक्षण नदेखिएका तर क्वारेन्टिनमा १४ दिन बिताइसकेकालाई थप सात दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउने, आरडीटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब संकलन गरी पीसीआर जाँचको नतिजा नआउञ्जेल होम आइसोलेसनको मापदण्डअनुसार घरकै आइसोलेसनमा पठाउने र होम क्वारेन्टिन तथा आइसोलेसनमा रहँदा कोरोनाको लक्षण देखापरेमा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका पहिलो कोरोना संक्रमितलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएको भन्दै नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनबाट घर फिर्ता पठाइएको छ । गत जेठ २२ गते धनगढी प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएका घोडाघोडी नगरपालिका–११ का ३२ वर्षीय पुरुषलाई बिहीबार पुष्पगुच्छासहित नगरप्रमुख ममताप्रसाद चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बिदाइ गरेका थिए ।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा राख्नेगरी आइसोलेसनबाट डिस्चार्ज गर्ने राष्ट्रिय निर्देशिकाअनुसार उनलाई घर पठाइएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए ।

१४ दिन क्वारेन्टिनमा बसिसकेपश्चात पोजेटिभ देखिसकेपछि थप १४ दिन आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएका कारण फर्किन पाउँदा निकै खुशी लागेको आइसोलेसनबाट घर फर्काइएका ३२ वर्षीय पुरुषले बताए ।

प्रतिक्रिया