Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डोटीमा दिपायल सिलगढी नगरपालिकाको सिङ्गो वस्ती कांग्रेसमा प्रवेश

डोटीमा दिपायल सिलगढी नगरपालिकाको सिङ्गो वस्ती कांग्रेसमा प्रवेश

डोटी ‘बत्तीमूनी अध्याँरो ! यहि उक्ती मेल खान्छ, डोटीको जिल्ला सदरमूकामसंगै जोडिएको साविकको गाविस कलेनासंग !
साविकको यो गाविस र साविककै बगलेग गाविसका केही क्षेत्र जोडेर हाल दिपायल सिलगढी नगरपालिका–९ वडा निर्माण गरिएको छ ।
बिगतको सदरमूकामसंगको सन्निकटताले पनि विकासले नछोएको यो क्षेत्र नगरपालिकामा गाँभ्दा थुप्रै सपनाहरु बाँडिए ।

सहरी क्षेत्रमाझैँ विकास निर्माण, गरिबीले थलिएका परिवारहरुको आयस्तर अभिवृद्धि लगायतका सपनाहरुले पुलंकित बनाईए । ‘तीनै सपनाहरुमा हामीले धमाधम एमाले(तत्कालिन नेकपा एमाले)लाई भोट दियौँ,’ कलेनाको गैरा गाउँका युवा नवराज विकले भने,‘एकवर्ष, दुईवर्र्ष हुँदै तीनवर्ष बिते । विकासको छेउटुप्पो देखिएन् ।’

यसरी निराश बनेका युवाहरु कम्यूनिष्ट पार्टीप्रति बिरक्तीएर धमाधम कांग्रेस प्रवेश गरिरहेका छन् । शुक्रबारमात्रै सोही वडाको गैराका ३६ जना दलित युवाहरु कांग्रेस प्रवेश गरे । ‘कांग्रेसका नेताहरु विगतमा कम्यूनिष्टको देखाउने दाँत अर्कै, खाने अर्कै हुन्छ भन्नुहुन्थ्यो । सत्य रहेछ,’ नवराज भन्छन्,‘यो देशको जग बसाउने, विकास गर्ने, समावेशी आवाज बोल्ने पार्टी कांग्रेस नै रहेछ । त्यसैले कांग्रेस प्रवेश गरेका हौ ।’

उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीचमा नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर १ का सभापति विजय खड्काले सदस्यता वितरण गर्दै स्वागत गरे । ‘नेपाली कांग्रेसप्रतिको विश्वास जागृत भएर उहाँहरु प्रवेश गर्नुभयो,’ नेता खड्काले भने,‘कम्यूनिष्ट सरकारको परीक्षणपछि जनताहरु कांग्रेसप्रति नै बढी विश्वास गरिरहेका छन् । जसको हामी उच्च सम्मान गर्छौ ।’ कांग्रेसले बिगतमा पनि जनमतको कदर गरेको उनले बताए । ‘कांग्रेसले जनताले दिएको विश्वासको मतको कहिल्यै अवमूल्यन गरेन् । तर विभिन्न प्रोपगण्डाहरुका बलमा जनतालाई कांग्रेसबिरुद्ध गुमराहमा राख्ने कोशिस गरिएको थियो । त्यसबारे जनताहरु बल्ल बुझ्दैछन्,’ उनले भने ।

कांग्रेसप्रतिको विश्वास बढेपछि कलेनाका यूवाहरु आफै कांग्रेस नेतालाई बोलाएर प्रवेश गरिरहेको स्थानीय युवा नेता शेर साउँदले बताए । उनले भने, ‘यो देशको विगत र आगत दुबै कांगेस हो भन्नेमा जनता बुझ्दै गएका छन् । त्यसैले दलित युवाहरुले आफै बोलाउदा गाउँ गएर पार्टी प्रवेश कार्यक्रम चलाईएको हो ।’ केहीदिनअघि कलेनाकै ६१ जना युवाहरु कांग्रेस प्रवेश गरेका थिए ।ई-रैवार

प्रतिक्रिया