Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

साँफे हाटबजार आगलागीः प्रदेश सरकारले १० लाख र नगरले ६ लाख तत्काल उपलब्ध गराउने

साँफे हाटबजार आगलागीः प्रदेश सरकारले १० लाख र नगरले ६ लाख तत्काल उपलब्ध गराउने

साँफेबगर नगरपालिकाले हाटबजारका अग्नी पिडितहरुलाई ६ लाख राहत उपलब्ध गराउने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले आगलागी पिडितहरुलाई तत्काल ६ लाख राहत उपलब्ध गराउने निर्णय नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् । नगर प्रमुख कुँवरले एकद्धार प्रणालीबाट राहत वितरण गरिने र मेल्लेख गाउँपालिकाबाट पनि ५० हजार सहयोग गर्ने जानकारी पाएको बताए । 

आज बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले आगलागीको विस्तृत र बास्तविक तथाक संकलन गर्नका लागी ७ सदस्यीय उपसमिति गठन गरेको छ । साँफेबगर नगरपालिका ३ का वडा अध्यक्ष कुलबहादुर कुँवरको सयोजकत्वमा उपसमिति गठन गरिएको छ । नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर, उपप्रमुख शिबबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, जिल्ला प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले साँफेहाटबजारका आगलागी पिडितहरुलाई तत्काल दश लाख आर्थिक सहयोगगर्ने निर्णय गरेको छ ।शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्कोबैठकले आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानबिय सहायता स्वरुप दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेकोहो । साँफेबगर नगरपालिका ३ हाटबजारमा आगलागी हुँदा  ३ करोड  भन्दा बढीको क्षति भएको छ । १० पसल जलेका छन् ।  जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथाक अनुसार आगलागीबाट ३  करोड ८६ लाख ६५ हजारको क्षति भएको छ ।

शनिवार विहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा मम सेन्टर, भिमकुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदि पसल,  ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सीएण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमनकुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेका छन् ।  आगलागी हुना साथ नेपाल बैंक लिमिटेडमा जडान गरिएको साईरनबजेपछि अधिकाश व्यापारी र स्थानीयहरुले जानकारी पाएपछि आगो नियन्त्रणमा खटिएका थिए । बैकको साईरन बजेपछि धेरैलेथाहा पाएको स्थानीय व्यापारी भिम कुँवरले बताए । शुभेच्छा मम सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा लागी गीता कठायतको पक्की घर भत्काईएको छ । गत चैत २६ गते मात्र बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार आगलागी  हुँदा ८ करोडको क्षति भएको थियो ।

प्रतिक्रिया